पोखरा । पर्वतमा करेण्टलागेर दुई जनाको ज्यान गएको छ । महाशिला गाउँपालिका ४ पाखापानीमा शुक्रबार विहान साढे १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट लाग्दा दुई जनाको मृत्यु भएको हो ।
करेण्ट लागेर साविक पाखापानी गाविसका २७ बर्षिय केशबहादुर क्षेत्री र ३० बर्षिय सुरेन्द्र बहादुर क्षेत्रीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ ।
करेण्ट लागेर स्थानीय युवा भरत क्षेत्री घाइते भएको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले बताए । उनका अनुसार महाशिला गाउँपालिका ४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको हो ।
फलामे पोल गाड्ने क्रममा विद्युत प्रवाह भइरहेको लाइन पोलले छोएपछि करेण्ट लागेर दुइ जनाको मृत्यु भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । ठकुरीका अनुसा सुरेन्द्र र केशबहादुर क्षेत्रीको घटना स्थलमै मृत्यु भएको छ ।
घाइते भरत क्षेत्रीको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

Related