औषधी व्यवसायी संघ कास्कीको अध्यक्षमा विक्रम पन्त निर्वाचित
/१ भाद्र २०७६, आईतवार ०५:४९ , प्रकाशीत
पोखरा । नेपाल औषधी व्यवसायी संघ कास्कीको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन् । पन्तले प्रतिस्पर्धी सञ्जिव देवकोटा क्षेत्रीलाई पराजीत गरी प्रथम अधिवेशनबाट जिल्लाको पहिलो अध्यक्ष बनेका हुन् । शनिबार सम्पन्न मतदानबाट पन्तको पक्षमा १४५ र .प्रतिस्पर्धी देवकोटाको पक्षमा १३२ मत परेको थियो ।
संघको उपाध्यक्षमा धिरज गौतम, महासचिवमा पूर्ण बहादुर बस्नेत ‘काजी’, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी, र उप–कोषाध्यक्षमा विक्रमराज पहारी निर्वाचित भएका छन् । त्यसैगरी तीन सदस्यमा सुमन तिवारी, आशा आले राना मगर, दुर्गा प्रसाद अधिकारी निर्वाचित भएका छन् ।

Related