रविसहित तीन जनाविरुद्ध किटानी जाहेरी,अव के हुन्छ ?
/१ भाद्र २०७६, आईतवार १०:४८ , प्रकाशीत
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने र युवराज कँडेल तथा नर्स रुकु भनिने अस्मिता कार्कीविरुद्ध स्व. पुडासैनीकी श्रीमतीले किटानी जाहेरी दिएकी छन् ।
पत्रकार पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले काठमाडौं प्रहरी परिसरमा किटानी जाहेरी दिएकी हुन् । ‘जाहेरी दर्ता गरिएको छ,’ काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले भने, ‘जाहेरी दर्ता गरेर चितवन पठाउँछौं,’
चितवन प्रहरीले जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरेर पक्राउ परेका रविसहित तीनजनाबारे अनुसन्धान गरिरहेको छ । पुडासैनीले हात्महत्या गर्नुअघि लामिछाने, कँडेल र अस्मिताले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै भिडियो रेकर्ड गरेका थिए ।

Related