सामाजिक संजालमा प्रहरी प्रमुखको तस्विर प्रयोग भएको भन्दै कास्की प्रहरीद्धारा कारवाहीको चेतावनी
तपाईको प्रतिक्रिया





पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले सामाजिक संजालहरुमा केही दिनदेखि कास्की प्रहरी प्रमुखको तस्वितरलाई गलत प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीको हतकडी लगाएको तस्बिरलाई गलत प्रायोजनको लागि प्रचार गर्दै चरित्र हत्या हुने गरी प्रकाशन गरिएको पाइएको भन्दै कास्की प्रहरीले त्यस्तो कार्य गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।
केही समयदेखि चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल भन्दै सामाजिक संजालहरुमा कास्कीका प्रहरी प्रमुखको तस्वितर प्रयोग गरि गालीगलौज गरेपछि प्रहरीले कारवाहीको चेतावनी दिएको हो ।
प्रहरी प्रमुख एसपी कार्कीले हतकडी के हो, किन र कसरी लगाइन्छ भन्ने कुरा विद्यार्थीहरुलाई प्रशिक्षित गराउन आफ्नै हातमा हतकडी लगाइ देखाएको तस्बिरलाई सामाजिक संजालमा गलत तवरले प्रचार गरिएपछि त्यसो नगर्न आग्रह गर्दै कास्की प्रहरीले कारवाहीको चेतावनी दिएको हो ।
एसपी कार्कीको तस्बिर प्रयोग गर्दै रबि दाइलाई फसाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरिक्षक दान बहादुर मल्ल एसपी नै हत्या गर्ने ब्यक्ति हुन भनि उनी माथि हतकडी लगाईएको छ, यो साला कुकुर हो दान बहादुर मल्ल एसपी रिप ” जस्ता अपशव्द प्रयोग गरी सामाजिक संजालमा गलत प्रचार गरिएको प्रहरीले जनाएको छ ।
सामाजिक संजालमा तस्बिर अपलोड, शेयर र कमेन्ट गर्दा कानुनी ब्यवस्था तथा ब्यक्तिगत र सामाजिक मर्यादा समेतलाई ध्यान दिन कास्की प्रहरीले अनुरोध समेत गरेको छ ।
Related