• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कस्तो होला तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •      /६ भाद्र २०७६, शुक्रबार ०२:५७ ,  प्रकाशीत
  • ज्योतिषी हरि पन्त, पोखरा

    आजको पञ्चांग
    आज मिति २०७६ भाद्र ६ गते शुक्रबार, इस्वीसंवत अगष्त २३ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् ।

    वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको अष्टमी तिथि रातिमा ३ बजेर २० मिनेटसम्म त्यसउप्रान्त नवमी तिथि लाग्नेछ । आज कृतिका नक्षत्र रातिमा १२ बजेर ०९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा ध्रुव, करणमा बालब रहनेछ भने आनन्दादि योगमा छत्र रहनेछ ।

    सूर्य सिंह राशिमा, चन्द्रमा आज वृष राशिमा रहनेछ । आज दिनमान ३२ घटि १६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३८ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ३३ मिनेटमा हुनेछ ।

    आजको राशिफल

    मेष : मेष राशि भएकाहरूका आज समय खराब रहनेछ । आज पानीमा डुब्ने डर रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी काम नगरेमात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । टाढाको यात्रा पनि नगर्दा राम्रो हुने देखिन्छ ।

    वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय अत्यन्त शुभ रहनेछ । स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसंग पाइनेछ । नया वस्तु किन्ने, मीठो परिकार खान पाइने दिन रहेको छ । आफन्तको आगमनले घरमा खुसीयाली छाउनेछ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्वपूर्ण उपलव्धि हात लाग्नेछ ।

    मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज अत्यन्त खराब रहनेछ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने संभावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ ।

    कर्कट : आज कर्कट राशिका लागि आज समय शुभ छ । एक्कासी आमदानी बढ्ने काम भेटिने छ । जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । नयाँ व्यवसाय आज शुरु गर्नुभएमा राम्रो हुने ज्योतिष वैत्रानिक दृष्टिकोणमा देखिएको छ । पुराना इष्टमित्र, मान्य व्यक्तिसंगको भेट उपलब्धिमूलक नै रहनेछ । आज जे काम गर्दै हुनुहुन्छ प्रतिफल राम्रै पाइनेछ । टाढाको यात्रा रमाइलो र फलदायी हुनेछ ।

    सिंह : आज सिंह राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । कामबाट सन्तुष्टि मिल्ने छैन । गरेको काम बिग्रने संभावना बलियो छ । आम्दानी भन्दा खर्च ज्यादा हुने सम्भावना छ । सोचेअनुसार लाभ लिन कडा परिश्रमबाट गर्नुपर्नेछ । आज परिवारमा कचकच, साथीभाइ रिसाउने दिन पनि रहेको छ । नयाँ कामको थालनी आज नगर्दा नै राम्रो हुनेछ ।

    कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिसँग झगडा हुन सक्छ । जोसंग पनि कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल हुनाले आर्थिक क्षति व्यहोर्नुपर्ला, आफूले गर्न खोजेका काममा धेरै नै विघ्नबाधा हुनेछ । कम्मर दुख्ने समस्याले तनाव बढ्नेछ । यात्रका क्रममा कसैले नशालु पद्धार्थ खुवाउन या सुँघाउन सक्नेछन् विशेष ख्याल गर्नुहोला । समय खराब रहेकाले सबै कार्यमा सतर्क हुनुहोला ।

    तुला : तुला राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछैन । मिथ्या आरोप लाग्ने सम्भावना छ । आर्थिक लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । विशेषगरी आजन पानीबाट खतरा छ, सतर्क रहनुहोला । आज केही काम बन्ने, केही अधुरा रहने जस्तो छ । गाडी चलाउँदा विशेष ख्याल गर्नुहोला । समयमा खाना खान नपाइने वा गड्बडीको सम्भावना बलियो छ । सतर्क हुन आवश्यक छ ।

    वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्र्रो रहनेछ । गर्न खोजेका सबै काम सफल, प्रेमी/प्रेमिकाबीच सम्बन्ध थप गाढा हुन सक्नेछ । पारिवारिक सदस्य तथा कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् । राम्रो समयको सही उपयोग अवश्य गर्नुहोला । नयाँ–नयाँ कार्ययोजना बनाउने दिन आज रहेको छ । हार्डवयर सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । धार्मिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट सम्मान पाइनेछ ।

    धनु : धनु राशिका लागि आज समय राम्रै रहनेछ । सोच्दै नसोचेको धन प्राप्ति हुन सक्नेछ । जमीन अथवा कलकारखाना सम्बन्धी काम गर्नु छ भने आजा लाभ हुनेछ । तपाईं सरकारी कर्मचारी हुनुहुन्छ भने आज पैसा खूब कमाउनुहुनेछ । जताबाट पनि तपाईंलाई खुशी लाग्दा समाचार प्राप्त हुनेछन् । रमणीय कार्यमा सहभागी हुन पाइने छ । समय शुभ रहेको छ भरपूर उपयोग गर्नुहोला ।

    मकर : मकर राशि भएकाहरूका लागि आजको समय खराब छ । बोली वचनमा शिष्टता र सकेसम्म नरम भई काम लिनुमा नै बुद्धिमानी हुनेछ । आफू मातहतका कर्मचारीमा विवादको अवस्था देखा पर्नेछ, जसमा आफू तटस्थ रहनु नै राम्रो हुनेछ । व्यापार र व्यवसायमा आज त्यति लाभ देखापर्ने छैन । परिवारको कुनै सदस्यलाई औषधी उपचारमा खर्च गर्नुपर्ने देखिन्छ । यात्रामा पनि तनाव उत्पन्न हुनेछ । आज सबै कार्यमा चनाखो र सतर्क हुनुहोला ।

    कुम्भ : कुम्भ राशिका लागि आज जन्मराशिदेखि बाह्रौं भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना त्यत्तिकै रहेको छ । जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ । समग्रमा समय खराब रहेकाले आज आर्थिक लेनदेन, टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै राम्रो हुने ज्योतिष वैत्रानिक दृष्टिकोणमा देखिन्छ ।

    मीन : मीन राशि भएकाहरूका लागि आज समय शुभ छ । आरोग्यता, प्रशन्नता बढ्नेछ । गर्न खोजेका काममा आत्मविश्वासका साथ पूरा गर्न सक्नु हुनेछ । सोचेका सबै धार्मिक काममा राम्रो सफलता मिल्नेछ । कुखुरा पालन व्यवसाय तथा फ्रेस हाउस सञ्चालन गर्दै हुनुहुन्छ भने आजबाट शुरु गर्नुहोला । जग्गा किन्दै हुनुहुन्छ भने पनि आज बैनापट्टा गर्दा राम्रो हुनेछ ।

    साइत : आज चन्द्रमा वृष राशिमा रहेकाले पूर्व र दक्षिण बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन ।
    आज शुक्रबार पश्चिम दिशाको यात्रा गर्नु शुभ मानिंदैन । आज अन्य दिशाको यात्रामा वाध्यतावस जानै परे घरको मूल ढोकामा चोखो जलले भरिएका तामाका भाँडामा २ वटा घडा राखेर पवित्र फूल चढाउनुस् र घर नजिकैको मन्दिरलाई दाहिने पारी परिक्रमा गरेर हिंडेमा यात्रामा द्वोष लाग्ने छैन ।

    आजको शुभ लाभादि बेला

    बिहान ५ः३८ बजेदेखि ७ः०८ बजेसम्म चर बेला
    बिहान ७ः०८ बजेदेखि ८ः३८ बजेसम्म लाभ बेला
    बिहान ८ः३५ बजेदेखि १०ः०५ बजेसम्म अमृत बेला
    बिहान १०ः०८ बजेदेखि ११ः३८ बजेसम्म काल बेला
    दिउँसो ११ः३८ बजेदेखि १ः०८ बजेसम्म शुभ बेला
    दिउँसो १ः०८ बजेदेखि २ः३८ बजेसम्म रोग बेला
    दिउँसो २ः३८ बजेदेखि ४ः०८ बजेसम्म उद्धेग बेला
    दिउँसो ४ः०८ बजेदेखि ५ः३८ बजेसम्म चर बेला

    यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

    राहुकाल समय : दिनमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.