• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सूचनाको प्यास मेट्ने ‘कटुवाल बिरे दाई’

  •      /६ भाद्र २०७६, शुक्रबार ०५:०८ ,  प्रकाशीत
  • कृष्ण अन्जान
    गुल्मी । एउटा समय थियो । गाउँमा हुने सभा सम्मेलन भेला विकास निर्माणकालागि कटुवालको हाक हाल्थे र गाउँ जम्मा हुन्थे ।सामाजिक सञ्जाल र सञ्चारको विकास हुनुभन्दा पहिले जनसञ्चारको माध्यम कटुवाल प्रथा थियो । अब, कटुवाल प्रथा इतिहास भएको छ ।

    करिव ६० बर्ष कटुवाल काम गरेका रुरु गाउँ पालिका वडा न ३ का ७७ वर्षका विर बहादुर परियारलाइ उनको योगदानको कदर गर्दै रुरु गाउँपालिका वडा न ३ ले सम्मान मात्र गरेन । उनको ६० वर्षे योगदानको चर्चा पनि गरिएको छ ।

    अठार वर्षे उमेरदेखि कटुवाल काम गरेर जनसञ्चारका क्षेत्रमा काम गरेका विर बहादुरलाइ प्रदेश सभा साँसद कमल श्रेष्ठले गाउँ पालिका भवनमा दोसल्ला सहित ५ हजार नगदले सम्मान गर्दा विर बहादुर का आँखा रसाए ।

    साँसद श्रेष्ठले सामाजिकरुपमा योगदान दिने व्यक्तित्वलाइ सम्मान गरेर वडाले सामाजिक उत्तरदायित्वको कामको शुरुवात गरेको बताए ।कटुवाल गरे बापत पहिला गाउँका विष्ट कहाँ मानो ऊठाएको सम्झे उनले ।

    गाऊमा खानेपानीको ,विध्यालय वाटो घाटो सभा सम्मेलनका लागि पहिले दमाहा ठटाएर ध्यान केन्द्रीत गर्ने र अनि हाक हालेर सूचना प्रबाह गरेको करिव ६० बर्षको अनुभव सुनाउँदै उनले भने मैले दमाहा ठटाएपछि के सूचना आयो भनेर सवै गाउँलेले घरबाट निस्केर कान ठाडा पार्थे ,र भनेको समयमा गाउँले उपस्थित हुन्थे ।

    विर वहादुरले २०७० साल सम्म गाउँबाट मानो उठाएर हाक हाल्ने काम गरे त्यसपछि वडावाट केहि पारिश्रमिकको व्यवस्था गरिएको वडा न ३ का सचिव बालकृष्ण गौतमले बताए ।

    वडाले विर बहादुर लाइ मात्र होइन सामाजिक अभियन्ता ,समाजसेवामा योगदान पुर्याउने हरेक तह र तप्कालाइ सम्मान गर्ने सोँच राखेको वडा अध्यक्ष शेष नारायण पौडेलको भनाइ छ ।

    ‘वडाले गाउँको विकासमा योगदान पुर्याउनेलाइ क्रमाश सम्मान गर्दै जाने कार्यक्रम राखेको छ’ उनले भने ।‘ यो क्रमलाई वडाले निरन्तरता दिन्छ । योगदानका आधारमा मान सम्मान गर्छ ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.