नेपालमा फैलिएको डेंगुले महामारीको रूप लिएको छ । गत वैशाखदेखि फैलिएको डेंगुबाट धरानमा एक जनाको मृत्यु पनि भएको छ । डेंगु झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा फैलिएको छ ।
डेंगु नियन्त्रणका लागि विभिन्न सावधानी अपनाइएको थियो । यसै क्रममा चिकित्सकको टोलीले ‘सर्च एन्ड डिस्ट्रोए’ अभियान पनि चलाएको थियो भने केही समयका लागि शिक्षण संस्थाहरू पनि बन्द गरिएको थियो ।
त्यस्तै, प्रदेश र संघले नै पनि अभियानलाई सहयोग गरेका थिए । यसपछि केही समय नियन्त्रणमा आएको डेंगु पुनः फैलिन थालेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।
धरानका विकास ज्ञवालीले गत जेठमा धरानमै डेंगुको उपचार गराए । उनी डेंगु संक्रमणबाट टाढा रहन काठमाडौं आए । १५ दिनपश्चात् धरानमा डेंगु पनि केही नियन्त्रणमा आयो । यसपछि उनी धरान फर्किए । तर, धरान फर्किएको केही दिनमै उनमा पुनः डेंगुको संक्रमण देखियो ।
हाल ज्ञवाली काठमाडौंस्थित शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचारका लागि आएका छन् । उनी भन्छन्, ‘पहिले चलाइएका अभियान अहिले खासै देखिएको छैन । अस्पतालमा बिरामीको संख्या बढेको छ ।’
टेकु अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार धरानबाट डेंगुको संक्रमण भएर आउने बिरामीको संख्या बढ्दै गएको छ । गत वैशाखदेखि धरानबाट फैलिएको डेंगु केही समय नियन्त्रणमा आएर पुनः फैलिएको उनले जनाए । सरकारले डेंगु नियन्त्रणका लागि ८० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
त्यस्तै, बीपी प्रतिष्ठानमा डेंगु परीक्षण गर्ने कीटको अभाव भएपछि निजी अस्पतालमा परीक्षण गराउँदा महँगो भएको बिरामीहरू बताउँछन् ।
प्रतिष्ठानमा सय रुपैयाँमा हुने परीक्षण निजी क्लिनिक तथा अस्पतालमा १५ सयदेखि २ हजार रुपैयाँसम्म तिरेर डेंगु परीक्षण गर्न बाध्य भएको बिरामीको गुनासो छ । तर, अस्पतालले भने कहिलेकाहीँ कीट ल्याउन ढिलाइ हुँदा बिरामी निजीमा गएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले अस्पताललाई कीट उपलब्ध गराए पनि अहिले प्रदेश सरकारसँग समन्वय गरेर कीट व्यवस्थापन गरिएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार २ हजार बढी डेंगुबाट संक्रमित भइसकेका छन् भने निजी स्वास्थ्य संस्थामा ४ हजार बढी डेंगु संक्रमित बिरामी भेटिएको छ । अस्पतालका अनुसार ७ हजार बढीले डेंगु परीक्षण गराएका छन् । समयमै डेंगुलाई नियन्त्रण गर्न नसके भदौ र असोजमा डेंगुको संक्रमण झनै बढ्ने चिकित्सकहरू बताउँछन् ।
डेंगुको कुनै भरपर्दो उपचार नभएकोले लामखुट्टेबाट जोगिनु नै उपयुक्त हुने चिकित्सकको भनाइ छ । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे सहरी क्षेत्रमा बढी पाइने डा. पुनले जनाए ।
पोथी लामेखुट्टेले पानी जमेको ठाउँमा फुल पार्छ । वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पारेको पाइएको छ । सहरी क्षेत्रमा यस्ता वस्तु पर्याप्त मात्रामा हुने भएकाले लामखुट्टे सहरमै बढी देखिएको डा. पुनले बताए ।
लक्षणहरू
डेंगुको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै अन्य लक्षण पनि देखा पर्छन् । असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्नु, शरीरमा बिमिरा आउनु, वाकवाकी लाग्नु, नाक वा गिजाबाट रगत बग्ने समस्या पनि देखिन्छ । साथै रक्तस्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छ ।
बच्ने उपाय
– डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ
– गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने
– पानीको ट्यांकीलाई छोपेर राख्ने
– लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ
– बालबालिकालाई सुताउँदा झुल प्रयोग गर्नुपर्छ
– घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
– घर वरिपरि सफा सुग्घर राख्ने र पानी जम्ने खाल्डाखुल्डी गर्नुपर्छ
चिकित्सकका अनुसार डेंगुको संक्रमणका बिरामीले ज्वरो घटाउने भनी एस्पिरिन तथा आइबुप्रोफेन खानुहुँदैन । बिरामीको लक्षणअनुसार उपचार गरिने हुनाले चिकित्सकको सल्लाहअनुसार नै औषधि सेवन गर्नु उपयुक्त मानिन्छ । डेंग ज्वरोविरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।

Related