स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर १० मा रुखले च्याप्दा खेत गोडिरहेकी महिलाको ज्यान गएको छ ।
खेत गोडिरहेको समयमा अचानक बरको रुख ढलेर च्याप्दा स्थानीय ५८ वर्षिय निनि कुमारी गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आफ्नो खेतमा एक्लै धान गोडिरहेकी गाहालाई रुखले च्याप्दा घटना स्थलमा नै उहाँको ज्यान गएको स्याङ्जाका प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
रुख ढलेर च्यापेको स्थानीयले देखे पछि प्रहरीलाई खवर गरेका थिए ।

Related