• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा विमानस्थल निर्माण तोकिएको समयभित्रै तयार होस् : मन्त्री भट्टराई

  •      /११ भाद्र २०७६, बुधबार ०७:५३ ,  प्रकाशीत
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।मन्त्री बनेपछि पहिलोपटक पोखरा आएका भट्टराईले बुधबार बिहान राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत पोखरा विमानस्थलको निरिक्षण गरेका हुन् ।

    त्यसक्रममा उनले आयोजना प्रमुखसँग विमानस्थल निर्माणको प्रगति र आन्तरिक अवस्थाका बारेमा चासो राखेका थिए ।मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनालाई तोकिएको समयभित्रै तयार गर्ने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन पनि दिए । ‘विमानस्थल तोकिएकै समयमा सम्पन्न हुनु पर्छ,’उनले भने, ‘कुनै पनि बहानामा विमानस्थल निर्माणको काम रोकिनु हुँदैन ।’

    आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थलको काम ४५ प्रतिशत भन्दाबढीसकिएको जानकारी गराएका थिए । ‘विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढाइएको छ,’ उनले भने ।

    सन् २०२२ सम्मको सम्झौता भए पनि ६ महिनाअगावै काम सकिने दाबी आयोजनाको छ ।अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरामा ४० वर्ष पहिले ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

    विमानस्थल निर्माण प्रक्रियाको लागि चीन सरकारसँग २२ अर्ब रुपैयाँमा सम्झौता भएको थियो ।अधिग्रहण गरिएको ३ हजार १ सय ६ रोपनीले नपुगेपछि गत वर्ष थप ६ सय २९ रोपनी जग्गा सरकारले अधिग्रहण गरेको हो ।

    विमानस्थलको कुल क्षेत्रफल १ हजार १ सय ५६ रोपनी छ । १ हजार ४ सय ४७ मिटर लम्बाइ र ३० मिटर चौडाइको धावन मार्ग हुने छ ।विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सीएएमसीले पाइसकेको छ । सरकारले ईपीसी मोडेलमा २१ करोड ५० लाख अमेरिकी डलर (२१ अर्ब रुपैयाँ) मा निर्माण सक्न ठेकेदार कम्पनी सीएएमसीसँग सम्झौता गरेर निर्माण कार्य अगाडि बढाएको हो ।

    विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंकको सहुलियत ऋणमा विमानस्थल निर्माण अगाडि बढाइएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.