• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा दुर्घटनामा परी २ को मृत्यु, ३ घाइते

  •      /१२ भाद्र २०७६, बिहीबार ०५:३६ ,  प्रकाशीत
  • पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

    पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिएका छन् ।

    ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । सो दुर्घटनामा लेखनाथ भण्डारढीकका विकल सुनार र रुपा–७ का दीपक विक तथा पोखरा अर्चलबोटका निशान गुरुङ घाइते भएका छन् ।

    गए राति नै पृथ्वीराजमार्गस्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा काठमाडौँ कीर्तिपुरका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ । ग३च १४२२ नंको मिनीभ्यान र बा९४प १७०५ नंको मोटरसाइकल राति ९ः४५ बजेको समयमा एकापसमा ठोक्किँदा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.