पोखरा विमानस्थलमा बिदेशी महिला पर्यटकलाई रातो साडी र चुरा
/१६ भाद्र २०७६, सोमबार १३:४८ , प्रकाशीत
पर्यटकीय नगरी पोखरामा तिज पर्वको अवसरमा विमानस्थलबाट पोखरा भ्रमणका लागि आएका विदेशी महिलालाई स्वागत गरिएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा हवाइमार्ग हुँदै पोखरा आएका महिला पर्यटकलाई विमानस्थलमा सोमबार रातो साडी, चुरा र पोते लगाइदिएर स्वागत गरिएको हो ।
सामुदायिक सेवा केन्द्र बैदामको आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्धनमा हवाइ मार्ग हुँदै पोखरा आएकी न्युजिल्याण्डकी बुनेइलाई केन्द्रका अध्यक्ष मीना भट्टराईसहितको टोलीले नेपाली परम्पराअनुसारको रातो साडी, चुरा तथा पोते लगाइदिएका थिए ।
रातो साडी, चुरा पोतेसहितको भेषमा सजिएका नेपाली महिलाले बुनेईको निधारमा रातो टीका, हातमा रातो चुरा र रातै साडीमा सजाइदिएका थिए ।पोखरा भ्रमणका लागि आएकी वुनेईलाई साडीसहित नेपाली महिलाको भेषमा सजाएपछि खुसी हुँदै उनले आफ्नो पहिलो नेपाल भ्रणण यात्रा अविस्मरणीय भएको बताइन् । उनले नेपाली महिलाले मनाउने तिज पर्व निकै रमाइलो लागेको बताइन् ।
नेपाल प्राकृतिकरुपमा धेरै सुन्दर लागेको बताउँदै उनले नेपालीको बानी, ब्यवहार र मित्रता झनै राम्रो लागेको बताइन् ।पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जीवी पोख्रेलले हरितालिका तिज पर्व नेपाली सांस्कृतिक पर्व भएकाले यस्ता पर्वमा पर्यटकहरुलाई समेत जोडेर मनाउँदा पर्यटक प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धन सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा पोखरामै पहिलो पटक विदेशी महिलालाई यसरी स्वागत गरिएको हो ।
पर्यटन परिषद् पोखराले भाइटिका अर्थात् तिहार पर्वमा समेत भाइटिका महोत्सवको आयोजना गर्दै आएको छ ।

Related