स्याङ्जामा धारिलो हतियार प्रयोगगरी बाबुछोराको हत्या
/१७ भाद्र २०७६, मंगलवार १३:१० , प्रकाशीत
पोखरा । स्याङ्जाको हरिनास गाउँपालिकामा बाबु र छोराको हत्या भएको छ ।हरिनास गाउँपालिका ३ स्थित मिनडाँडाका एकै परिवारका बाबु र छोराको हत्या भएको हो । मंगलबार धारिलो हतियार प्रहारबाट २९ वर्षीय चित्रबहादुर खड्का र उनका चार वर्षीयछोरा रिजन खड्काको हत्या भएको हो।
घरमा सुतिरहेका चित्रबहादुर खड्का र उनका ४ वर्षीय छोरा रिजनको धारिलो हतियार प्रयोगगरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
उनका अनुसार बाबुको टाउको र हातहरुमा धारिलो हतियार प्रहार गरिएको छ भने छोराको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ । खड्काका पत्नीसहित तीन जना एउटै कोठामा सुतेका थिए । उनीहरुको घटनास्थमा नै मृत्यु भएको थियो ।
खुकुरी प्रहारपछि एउटै कोठाको अर्को खाटमा सुतेकी चित्रबहादुरकी पत्नी चिच्याएपछि हत्यामा सम्लग्न व्यक्ति भागेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
शव शल्यपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ ।

Related