यातायात क्षेत्रलाई व्यवस्थित गर्न सरकारले छिट्टै ऐन ल्याउने ; मुख्यमन्त्री गुरुङ
तपाईको प्रतिक्रिया





पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यातायात क्षेत्रलाई छिटै व्यवस्थित गरिने बताएका छन । संघ सरकारले अझै यातायात सम्वन्धी ऐन निर्माण गर्न बाकी नै रहेकाले प्रदेश सरकारले संघको ऐन पर्खिरहेको उनले बताए ।
गण्डकी ट्रक व्यावसायी संघको २० औ अधिवेशनको उदघाटन समारोहमा बोल्दै मुख्यमन्त्री गुरुङले संघको ऐन आएपछि प्रदेशले यातायात क्षेत्रलाई व्यवस्थित गरिने बताए । ‘संघ सरकारले छिटैनै ऐन आउँछ भनेको छ उनले भने ।‘संघको ऐन अनुसार प्रदेशको ऐन बन्नु पर्ने भएकोले हामीले यातायातलाई व्यवस्थित गर्न सकिरहेका छैनौ, अव चाडै व्यवस्थित हुन्छ।’
प्रदेश सरकारको राजश्व संकलन हुने क्षेत्र मध्ये यातायात क्षेत्र समेत मुख्य भएकाले यसलाई व्यवस्थित गर्न काम प्रदेश सरकारको प्राथमिकतामा परेको उनको भनाई छ । यातायात क्षेत्रलाई प्रोत्साहित गर्न विभिन्न निति प्रदेश सरकारले ल्याइरहेको बताउदै उनले अन्य प्रदेशमा रहेका सवारी सधान प्रदेशमा स्थानान्तरण गर्दा २५ प्रतिशत छुट दिने नीति त्यसैको उदाहरण भएको उनले बताए ।
मुख्यमन्त्री गुरुङले प्रदेशमा विदेशी लगानीमा प्रोसाहन गर्न सवैले सहयोग गर्नुपर्ने बताए । ठुला ठुला लगानीहरु अहिले विभिन्न आन्दोलन र हड्तालका कारण प्रदेशमा आउने हिच्किचाइरहेको बताउदै उनले यो प्रबृत्ति प्रदेशको विकासका लागि घातक हुने बताए ।
उनले प्रदेशमा लगानीमैत्री बाताबरण बनाउने प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै निजी क्षेत्रको सहयोगबाट मात्र प्रदेशले मध्यकालिन लक्ष्य प्राप्त गर्न सक्ने बताए ।
Related