माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा महरालाई उम्मेदवार बनाउने
/२५ फाल्गुन २०७४, शुक्रबार ०५:०० , प्रकाशीत
काठमाडाैँ । माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने भएको छ ।
माओवादी केन्द्रको कार्यालय बैठकले महरालाई सभामुखमा अघि सार्ने निर्णय गरेको नेता देव गुरुङ्गले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमल्टारमा बसेको बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ, गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादल, देव गुरुङ्ग, सभामुखको चर्चामा रहेको कृष्णबहादुर महरा, शक्ति बस्नेत सहित कार्यालयका उपलब्ध सदस्य सहभागि थिए ।
वाम गठबन्धनबीच प्रतिनिधिसभाको सभामुख माओवादी केन्द्रले पाउने र राष्ट्रपति एमालेबाट हुने सहमति भएको थियो । महरासँगै माओवादीमा नेता देब गुरुङ, अग्नी सापकोटा, हरिबोल गजुरेल, पम्फा भुषाल, लेखराज भट्ट लगायतको सभामुख पदका लागि चर्चा भएको थियो । सभामुख चयनका लागि आज उम्मेदवारको मनोनयन हुदैछ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिका अनुसार शुक्रबार विहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ । सभामुख चयनका लागि शनिबार १ बजे चुनाव हुनेछ ।

Related