चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले चेकमा गलत हस्ताक्षर गरेमा र खातामा पर्याप्त रकम नभएर (चेक बाउन्स भएमा) एक साताभित्र पनि रकम भुक्तानी नगरे कालोसूचीमा राखिने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन, २०७६ जारी गर्ने यसअघिका निर्देशनलाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि चेक जारी गर्नेले पटक–पटक चेक बाउन्स हुने गरेको ठहरिएमा कालोसूचीमा राख्ने गरिन्थ्यो ।
चेक बाउन्स भएको वा चेकमा गलत हस्ताक्षर गरेको ठहरिएमा चेक धारकले बैंकलाई २ दिनभित्रै लिखित रुपमा जानकारी दिनुपर्नेछ । यसको आधारमा बैंकले चेक जारी गर्नेलाई रकम भुक्तानी गर्न सात दिनको सूचना दिनु पर्नेछ ।
सो मितिभित्र पनि रकम भुक्तानी हुन नसकेमा त्यस्तो चेक खिच्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई उक्त चेक जारी गर्ने बैंक वा वित्तीय संस्थाले अनिवार्य रुपमा कालोसूचीमा सूचीकृत गर्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनु पर्ने व्यवस्था गरीएको छ ।

Related