• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सरकारले अख्तियारलाई प्रभावमा पारेर लुटतन्त्र मच्चाएको छः नेता पौडेल

  •      /२४ भाद्र २०७६, मंगलवार १५:४३ ,  प्रकाशीत
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले देशमा लुटतन्त्र मच्चाएको बताएका छन् । उनले दुई तिहाइको दम्भमा सरकारले अदालत र अख्तियारलाई तर्साएर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाए ।

    नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रमको पोखरामा मंगलबार उद्घाटन गर्दै नेता पौडेलले अदालतले गरेका फैसलाहरू बाझिनु भनेको दुई तिहाइकै हस्तक्षेप भएको जिकिर गरे । ‘दुई तिहाइको दम्भ देखाएर अदालत र अख्तियारलाई तर्साउने काम भएको छ,’ उनले भने, ‘एनसेलबारे अदालतले गरेको निर्णयमा सरकार किन बोल्दैन ?’

    उनले अख्तियारलाई सानासाना भ्रष्टाचारमा मात्र केन्द्रित भएको प्रति प्रश्न गर्दै किन ठूला माछा समाउन सक्दैन भनी प्रतिप्रश्न गरे । ‘एनसेल र वाइड बडीमा भएको भ्रष्टाचारमा अख्तियार मुकदर्शक बनेको छ,’ उनले भने, ‘साना माछा समाउँछन् । ठूला शासकलाई कारबाही गर्न सक्दैनन् ।’

    सरकारको कामकारबाहीबाट जनता सन्तुष्ट नभएको बताउँदै उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए । ‘सत्तामा पुग्ने बेला सपना बाँडे, तर सपनाअनुसारको काम नगरेको हुँदा जनतामा निराशा छाएको छ,’ उनले भने ।

    नेता पौडेलले बीपीले देखाएको बाटो अंगिकार गरे मात्र कांग्रेसका सपना पूरा हुने बताए । उनले बीपीभन्दा ठूलो समाजवादी हुँ भन्ने कम्युनिस्ट देशको शासन गरे पनि उनीहरूले पक्षपातको शासन गरिरहेको बताए । ‘आफ्नै कार्यकर्तालाई पोस्न मनी र मसलको प्रयोग गररहेका छन्,’ उनले भने ।

    कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीले छनोट गरेको उम्मेदवारलाई भोट हाल्न कांग्रेसलाई निर्देशन दिए । उनले भने, ‘कांग्रेस हुँ भन्नेले रुखमा भोट दिए जित सुनिश्चित छ ।’

    कार्यक्रममा राष्ट्रिय सभा सदस्य वृन्दादेवी रानाले जागरण अभियानबाट कांग्रेस एक ढिक्का भएको सन्देश जाने बताइन् ।

    कास्की कांग्रेसले जिल्लाका विभिन्न क्षेत्रमा पनि जागरण अभियान सुरु गरेको जनाएको छ । योसँगै भोलि बुधबारदेखि वडा इकाइसम्म जागरण अभियान जारी रहने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.