पोखरामा एक निर्माण व्यवसायीको अपहरण गरेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।पोखरा–६ का जीवन भनिने रत्नबहादुर कार्कीको अपहरण गरेको गरेको आरोप लागेकालाई प्रहरीले पोखरा–९ नयाँबजारस्थित शान्तिवन बाटिकाबाट पक्राउ गरेका हो ।
पोखरा ९ नयाँबजार स्थित सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको कार्यालय भवन अगाडिको सडकबाट ४ जनाको समूहले जीवनलाई जबरजस्ती गाडीमा हालेर लगेका थिए । साथमा पल्सर मोटरसाइकलले स्कटिङ गरेको थियो ।
सूचना पाएको केही बेरमा नै अपहरणकारीविरुद्ध कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले तत्कालै एक्सन लिए । फलस्वरुप कास्की प्रहरीको टोलीले आधा घण्टामै अपहरणकारी समात्न सफल भयो ।
प्रहरी टोलीले ११ बजेर ३० मिनेटमा पोखरा ९ शान्तिवन स्थित निर्माण व्यवसायी समितिको कम्पाउण्ड भित्रबाट अपहरणमा परेका व्वयसायी जीवनलाई सकुशल उद्धार गर्दै ४ जना अपहरणकारीलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा पोखरा १५ का ४२ वर्षीय गौतम थापा, पोखरा २ अर्चलबोटका ३४ वर्षीय रोहित सुनार, पोखरा ८ बस्ने ५० वर्षीय बासुदेव पोखरेल, पोखरा १० का ५४ वर्षीय प्रेमबहादुर थापा रहेका छन् ।
उनीहरुले प्रयोग गरेको सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु माथी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related