• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वयस्क उमेर समूहलाई लक्ष्क्षित गर्दै भानुभक्तमा कानुनको सन्ध्याकालीन कक्षा

  •      /२६ भाद्र २०७६, बिहीबार १३:५९ ,  प्रकाशीत
  • भानुभक्त आवासीय माध्यमिक विद्यालयले वयस्क उमेर समूहलाई लक्ष्य गरी कक्षा ११ र १२ मा कानुन कक्षा सञ्चालनमा ल्याएको छ । एलएलसी तथा एसइईपश्चात विभिन्न कारणले बीचमै पढाइ छोडेकालाई पुन शिक्षा दिने गरी कक्षा सञ्चालन गरेको विद्यालयका संस्थापक प्रिन्सिपल दिनेशकुमार लामिछानेले जानकारी दिए ।

    ‘विद्यालयले जिल्लामै पहिलोपटक कक्षा ११ र १२ मा कानुन पढाइ सुरु गरेको छ । अहिले विभिन्न कारणले पढाइलाई निरन्तरता दिन नपाएकालाई पनि फेरि पढाइ सुरु गर्न मिल्ने गरी कक्षा सञ्चालन गरेका छौं,’ लामिछानेले भने, ‘वयस्क समूहका विद्यार्थीका लागि सन्ध्याकालीन कक्षा सञ्चालन गरेका छौं ।’

    विद्यालयले सन्ध्याकालीन कक्षा भदौको पहिलो हप्तादेखि सुरु गरेको हो । ‘विद्यालयलले कानुनी कक्षा सञ्चालन भएपछि वयस्क समूहका पनि धेरै आउनु भयो । अनि हामीले उहाँहरुले साँझ कक्षा भए सजिलो हुन्थ्यो भन्ने विचार राखेपछि सन्ध्याकालीन कक्षा सुरु गर्न लागेका हौं,’ लामिछानेले भने ।

    विद्यालयमा हाल ५ सय जना विद्यार्थी छन् । लामिछानेले व्यस्तताका कारणले एसएलसी र एसइईपश्चात पढाइ सुरु गर्न नपाएका वयस्क समूहले सन्ध्याकालीन कक्षामार्फत पढाइ पूरा गर्न सकिने जानकारी दिए । ‘भर्ना अभियान चलिरहेको छ । त्यसका लागि केही सिट अझै बाँकी छ । इच्छुकले विद्यालयमा सम्पर्कमा सम्पर्क गर्न सक्नुहुन्छ,’ उनले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.