• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा लायन्स पदाधिकारीहरुको सम्मान, लायन्सहरुले समाजको विकासमा अतुलनिय योगदान ;अर्थमन्त्री गुरुङ

  •      /२८ भाद्र २०७६, शनिबार १६:०२ ,  प्रकाशीत
  • पोखरा । सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्सले आफ्ना डिष्ट्रिकका पदाधिकारीहरुलाई पोखरामा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ।

    लायन्स क्लव अन्तराष्ट्रि डिष्ट्रिक ३२५ बी १ नेपालका डिष्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठले लायन बर्ष २०१८ । ०१९ का विभिन्न पधाधिकारीहरुलाई अवार्ड सहित सम्मान गरेको हुन्।

    गभर्नर श्रेष्ठले आफ्नो डिष्ट्रिक अन्तरगत पर्ने बागमती,गण्डकी र धौलागिरि क्षेत्रका लायन लिडरहरुलाई विभिन्न अवार्ड सहित सम्मान गरेका हुन् ।अवार्ड डिष्टुवेस तथा सम्मान समारोहको गण्डकी प्रदेशका आर्थिक मामेला तथा योजना मन्त्री किरण गुरुङले उद्धाटन गरेका थिए ।सो समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि मन्त्री गुरुङले लायन्सले सामाजिक क्षेत्रमा गरेका कार्यहरु महत्वपूर्ण रहेको बताए ।

    उनले लायन्स क्लवहरुले समाजको विकासमा अतुलनिय योगदान गरेको बताउदै समाजमा सकारात्मक सन्देश संगै सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका समेत निर्वाह गरेको बताए । ‘हाम्र समाज सकारात्मक छैन । हामी खालि नकारात्मक सोचाइ र टिकाटिप्पणी मात्र गर्छौं’ उनले भने । ‘लायन्सको यति ठूलो सम्मानीत ब्याक्तीत्वहरुको भूमिकाले पक्कै पनि समाजलाई सकारात्कता तर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने छ।’

    मन्त्री गुरुङले हामी सकारात्मक हुन नसकेको अवस्थामा हाम्रो समाज र जीवननै सार्थक हुन नसक्ने टिप्पणी गरे ।लायन्सका डिष्ट्रिक गभर्नर अशोक श्रेष्ठले बर्षभरी समाज सेवाका क्षेत्रमा कार्य गरेर आफुलाई सघाएका लायन्स लिडरहरुलाई सम्मान गर्न पाउदा खुसी लागेको बताए । ‘बर्ष दिन भरी तपाईहरुको साथ र सहयोगले यतिका समाज सेवाका कार्य गर्न सफल भयौं’ उनले भने । ‘बर्ष भरी मलाई समाज सेवाका कार्यमा सहयोग पु¥याउनु हुने साथिहरुलाई सम्मान गर्न पाउँदा अतिनै खुसी छु ।’

    कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद विन्दु कुमार थापा,मल्टिपलका पुर्व पास्ट मल्टिपल चयर पर्सन प्रेमबहादुर श्रेष्ठ, डिष्ट्रिकका पूर्व गभर्नर धुर्व बहादुर थापा लगायत डिष्ट्रिकका करिव ४ सय पदाधिकारीको उपस्थिती रहेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.