लेखनाथ सिटी हस्पिटलले आईतवार देखि २४ सै घण्टा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। ङ्यो तमु धि लेखनाथको सहकार्यमा हस्पिटलले एम्बुलेन्स सेवा सुरु गरेको हो।
शनिबार एक सम्झौताका विच हस्पिटलका कार्यकारी निर्देशक उदिप राज ढुङ्गाना र ङ्यो तमु धि लेखनाथका अध्यक्ष क्याप्टेन मन बहादुर गुरुङ्ले संयुक्त हस्ताक्षर गर्दै सो सेवाको शुभारम्भ गरेका हुन्।
पोखरा र आसपासका बिरामीहरुलाई अझै उत्कृष्ट सेवा तथा सहज सुबिधा प्रदान गर्नको लागि हस्पिटलले ङ्यो तमु धिको सहकार्यमा २४ सै घण्टा एम्बुलेन्स सेवा शुरु गरेको कार्यकारी निर्देशक ढुङ्गानाले बताए।
सामाजिक कार्यमा अग्रसर ङ्यो तमु धि लेखनाथका अध्यक्ष गुरुङले लेखनाथ सिटि हस्पिटल संगको सहकार्यमा एम्बुलेन्स सेवा संचालन गर्न पाउँदा ज्यादै खुसी लागेको बताए। ‘यो सहकार्यले टाढाका विरामीले समेत सहज उपचार गर्न सक्ने छन्’उनले भने ।
ईमर्जेन्सी सहित २५ शैया संचालन गरेको हस्पिटलले नेपाल मेडिसिटी हस्पिटल संगको सहकार्यमा हस्पिटलमा ओपिडी सेवा दिइरहेको छ। विरामीको आवश्यकता अनुसार एयर एम्बुलेन्स समेत संचालनमा रहेको निर्देशक सुजन रानाभाटले जानकारी दिए।
हाल लेखनाथ सिटी हस्पिटलमा डा. बिद्याभुषण ताम्राकारको नेतृत्वमा हाडजोर्नी तथा बाथ हरेक दिन १२ घण्टा, ईमर्जेन्सी मेडिसिन तथा जनरल प्राक्टीस डा. अमित तुलाचनको नेतृत्वमा २४ सैं घण्टा आकस्मीक सुबिधा र अन्य बिशेषज्ञ सेवाहरु सहित संचालनमा रहेको छ ।

Related