पोखरामा कृषकबाट उत्पादन भएको कृषि उत्पादनलाई सिधै उपभोक्ताले खरिद गर्न पाउने गरी साढे ६ लाख रुपैयाँको लागतमा ‘किसान बजार’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले कृषिउपज सिधै उपभोक्तालाई विक्री गर्ने गरी पोखरा– १७, पार्दी विरौटामा उक्त बजार संचालनमा ल्याएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले भने, ‘हामीले किसानलाई प्रोत्साहन हुने र आम उपभोक्तालाई ताजा कृषिजन्य उत्पादन सहुलियत मूल्यमा उपलब्ध गराउने गरी ‘किसान बजार’ संचालनमा ल्याएका हौं । महानगरले अन्य केही स्थानमा पनि यस्ता कृषि बजारको स्थापना गर्ने लक्ष्य लिएको छ ।’
किसान बजारमा मानव स्वास्थ्यमाथि असर पर्ने कुनै पनि फलफूल तथा तरकारी विक्रीवितरण गरेको भेटिए महानगरले कारबाही गर्ने मेयर जिसीले बताए । उनले भने, ‘महानगरको कृषि महाशाखाले कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरूको बजारको समेत ग्यारेन्टी गर्नेछ ।’
दैनिक बिहान ६ देखि ९ः३० बजेसम्म र दिउँसो ४ देखि साँझ ७ बजेसम्म खुल्ला रहने सो किसान मेलामा २५ वटा स्टल रहेका छन् । उक्त किसान बजार सञ्चालनमा आएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन सिधै उपभोक्ताले किन्न पाउने महानगरको विश्वास छ ।
महानगरको कृषि महाशाखाका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत मनहर कडरियाले महानगरले किसानलाई निःशुल्क स्टलको व्यवस्था मिलाएको बताए । उनका अनुसार महानगरले पोखरा क्षेत्रका काहुँखोला, ठुलीपोखरी, साविक लेखनाथलगायतका स्थानहरूमा पनि ‘किसान बजार’ सञ्चालनको तयारी थालेको जानकारी दिए ।

Related