• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

माछापुच्छ्रे गाउँपालिका कार्यालय तोडफोड आरोपमा पक्राउ परेका वडा अध्यक्ष रिहा

  •      /२ आश्विन २०७६, बिहीबार १५:२८ ,  प्रकाशीत
  • कास्कीको माछापुच्छ्रे गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्ष बीरेन्द्र गुरुङ रिहाई भएका छन् । पक्राउ परेका वडाअध्यक्ष गुरुङ र स्थानीय युवा बिपुल शर्मालाई कास्की प्रहरीले आज बिना सर्त रिहा गरेको हो । वडा अध्यक्ष गुरुङ कांग्रेसबाट निर्वाचित भएका हुन् ।

    दुई जना रिहाई भएपछि पार्टीले गाउँमा बाजागाजाका साथ स्वागत गर्दै कार्यक्रम नै आयोजना ग¥यो । त्यसअघि, कास्की प्रहरी कार्यालयबाट निस्कनासाथ कांग्रेस कार्यकर्ता शुभेच्छुकले फुलमाला अबिर खादा लगाएर स्वागत सम्मान पनि गरेको थियो ।

    गत महिना भदौ २५ गते बुधबार उनीहरु सहितको केहि टोलीले गाउँपालिकाको बैठक कक्षमा रहेको सामाग्रीहरु तोडफोड गरेको आरोपमा उजुरी परेपछि कास्की प्रहरीले उनीहरुलाई भदौ ३१ गते  पोखराको जिरो किलोमिटरबाट पक्राउ गरेको थियो । उनीहरु विरुद्ध गाउँपालिकाकी उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले उजुरी दिएकी थिईन् ।

    गाउँपालिका उपप्रमुख कृष्णकुमारीको अनुसार बैठक बसिरहेको खुसीमान गुरुङको नेतृत्वमा उपप्रमुखलाई भेट्न उनीहरु गएका थिए । बैठक बसिरहेकाले भेट्न आधा घण्टा लाग्ने सुचना दिएपछि उनीहरुले भेट्न समय नदिएको भन्दै बैठक हलको कुर्ची सबै ध्वस्त हुनेगरि तोडफोड गरेको उनले बताएकी थिइन् ।

    कांग्रेसका नेताहरुले भने गाउँपालिकाले गरेका निर्णयहरु सार्वजनिक गर्न माग गरेको र गाउँपालिकाले बेवास्ता गरेकोले यस्तो परिणाम आएको बताएका थिए ।गाउँपालिकाले गर्ने निर्णय थाहा नहुने र निर्णय चाहियो भन्दा धेरै पटक आलटाल गरेपछि यूवाहरु आक्रोशित भएका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.