गण्डकी प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखद्धारा संविधान दिवसको उपलक्ष्यमा शुभकामना ब्याक्त
तपाईको प्रतिक्रिया





पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औल्याएका छन्।सं
विधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले संविधानले संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व लगायत सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको समेत बताएका छन् ।
नेपाली जनताको लामो संघर्ष, त्याग र वलिदानबाट प्राप्त महत्वपुर्ण उपलब्धीको रुपमा पहिलोपटक जनताका प्रतिनिधीमार्फत संविधान निर्माण भएको संविधान राजनैतिक एवं संवैधानिक इतिहासमा यूगिन महत्वको दिन रहेको समेत मुख्यमन्त्री गुरुङले अथ्र्याएका छन् ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाँक्षा पुरा गर्नु आजको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व भएको र संविधान दिवसले यसतर्फ लाग्न सबैलाई प्रेरणा मिलोस भनि कामना समेत मुख्यमन्त्रीले गरेका छन् ।
त्यसैगरी गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले पनि संविद्यान दिवसको अवसरमा शुभकामना ब्याक्त गर्दै मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु लोकको लागि खुशीको विषय भएको बताएका छन् ।
‘संवैधानिक मर्म र भावना बमोजिम बनेका तीन तहका सरकारबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान पुगेको छ’ प्रमुख कुँवरले जारी गरेको सन्देशमा भनिएको छ ।
सन्देशमा संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रबद्र्धन गर्ने लक्ष्य राखेको समेत जनाइएको छ ।
‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने दिसातर्फ संविधान क्रियाशिल र चलायमान छ’ प्रदेश प्रमुखले जारी गरेको शुभकामनामा भनिएको छ। ‘संविधानको यस महत्वपूर्ण भावनालाई आत्मसात गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अंग, संवैधानिक निकाय र आमनागरिक क्रियाशील हुनु अहिलेको मुख्य आवश्यकता हो भन्ने मलाई लागेको छ ।’
प्रदेश प्रमुख कुँवरले सन्देशमार्फत संविधान दिवसले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्ने प्रेरणासहित जनजन र मनमनमा दृढ इच्छाशक्ति तथा अठोट जागृत होस् भन्ने अपेक्षा समेत लिएका छन् ।
उनले नेपाली जनताको लामो संघर्ष, बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन कर्मले लाग्न जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी राजनीतिक दल, र देशविदेशमा रहेका सम्पूर्ण नेपालीलाई समेत आव्हान गरेका छन् ।
Related