कैलालीको लम्की चुहा नगरपालिका–४ बलियाबाट लागूऔषध तथा प्रतिबन्धित औषधि बिक्रीवितरण गर्ने एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतका अनुसार लागूऔषध तथा प्रतिबन्धित औषधि बिक्रीवितरण गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले स्थानीय लक्ष्मी स्वास्थ्य क्लिनिकका सञ्चालक ३२ वर्षीय मेसककुमार चौधरीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related