पोखरा ४, असोज / छैटौं अन्तर लायन्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा डाउन टाउनले चुमेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा लायन्स क्लब अफ हेम्जालाइ ५–२ को फराकिलो गोल अन्तरले पाखा लगादै उपाधी जितेको हो । जितसंगै डाउन टाउनले नगद ४० हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता हेम्जाले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड,मेडल र प्रमाणपत्र चित्त बुझायो । खेलको म्यान अफ दि म्याच डाउन टाउनका विनोद गुरुङ घोषित भए ।
लायन्स क्लब अन्तरास्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्र्तगतको क्लब, लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा भएको उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी डाउन टाउनका दिलिप गुरुङ घोषित भए, उनले फुटबल सुज, ट्रफी र प्रमाणपत्र हात पारे । उत्कृष्ट डिफेन्स डाउन टाउनकै हिटलर घले घोषित भए भने उत्कृष्ट गोलरक्षक माछापुच्छ्रेका सुर्य शर्मा घोषित भए ।
त्यस्तै अनुशासित टिम लायन्स क्लब अफ मुनाल घोषित हुँदै ट्रफी हात पारे । सर्वाधिक गोलकर्ता हेम्जाका सुशील श्रेष्ठ घोषित भए । उनले प्रतियोगिता मा ९ गोल गर्न सफल भएका थिए ।
शनिवार नै सम्पन्न सेमिफाइनल खेलमा हेम्जाले माछापुच्छ्रेलाई २–१ गोलले हराउदै फाइनल प्रवेश गरेको थियो भने डाउन टाउनले ग्लोबल लेकसिटिलाइ हराउदै फाइनल प्रवेश गरेको थियो । विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठ, प्रतियोगिताका संयोजक टंकराज अधिकारी, लायन्स क्लब अफ पोखरा पिस सिटीका संस्थापक अध्यक्ष सुदीपराज ढंगाना, क्लबका अध्यक्ष अर्जुन सिग्देल लगाएतले पुरस्कार वितरण गरेका थिए ।
लायन्स क्लब अफ पोखरा पिस सिटीले समग्र पोखराको फुटबल खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै यस वर्षदेखि सम्मान समेत गरेको छ ।
३७ वर्ष सम्म नेपालका विभिन्न क्लबमा आबद्ध भइ पोखराको फुटबल खेलको विकास र नवयुवाहरुको लागि प्रेरणाका स्रोत रहेको भन्दै ८७ बर्षिय पोखराका पुराना फुटवल खेलाडी यज्ञबहादुर साईलाई सम्मानपत्रले सम्मान गरिएको हो ।

Related