सिनियर अन्तर्राष्ट्रिय ग्रेड–४ टेनिस प्रतियोगिताको शुरुखेलमै कमल थापाको विजयी शुरुवात
तपाईको प्रतिक्रिया





पोखरा । जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान अन्र्तराष्ट्रिय खेलाडी कमल थापाले विजयी शुरुवात गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले ५५ वर्ष माथिको एकलतर्फ भारतिय खेलाडी एसएन बसिष्ठलाई ६–०, ६–२ सहज सेटमा पराजित गर्दै विजयी यात्रा शुरु गरेका हुन् ।
च्याम्पियनसिपको पहिलो दिन पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुश्लिमलाई ६–०, ४–६ र ६–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२, ६–२ को नतिजा हात पारे ।
त्यसैगरी अर्को खेलमा उत्तम बोगटीलाई पोखरेली खेलाडी बिकास गुरुङले ६–३, ६–१ को सेटमा पराजित गरे ।३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा सन्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी अर्को खेलमा पोखराका युवा खेलाडी बिकास गुरुङले अशोक गुरुङलाई रिटायर्ड हर्डमा पराजित गरे ।
गण्डकी प्रदेश आर्थिक विकास समितिका सभापति दिपक कोईरालाले टुर्नामेण्ट डाइरेक्टर अजय विष्टलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
Related