सामाजिक सञ्जाल फेसबुकमा अब ‘लाइक’ गर्न नपाइने भएको छ । सामाजिक सञ्जालमा तस्वीर र विभिन्न विचार राखेर ‘लाइक’ गन्ने बानी परेकालाई भने यो दुःखद खबर हुन सक्छ ।
कसैले कुनै भिडियो, फोटो र अन्य सामग्रीहरू पोस्ट गर्नेबित्तिकै सबैले ‘लाइक’ बटन पहिले थिच्ने गर्छन् ।त्यसैले फेसबुक प्रयोगकर्ताका लागि यसका धेरै फिचरहरूमध्ये ‘लाइक’ फिचर सबैभन्दा लोकप्रिय फिचर हो । तर अब भविष्यमा फेसबुकमा लाइक गर्न नपाइने भएको छ ।
फेसबुकले अब यो लाइक बटनलाई हटाउने तयारी गरेको जनाएको छ । जसका लागि उसले परीक्षण सुरु गर्दैछ । परीक्षणको रूपमा प्रयोगकर्ताहरूले अब आफ्ना पोष्टमा केही मात्रै लाइक देख्न पाउनेछन् । अर्थात् अब फेसबुक पोष्टमा लाइक गर्नेहरूको सबै संख्या देखिने छैन ।
जसबाट अब फेसबुक लाइकबारे अरुसँग दाँज्न छाड्नेछन् । अहिले फेसबुकको एन्ड्रोइड एपको कोडमा यो फिचर राखिएको छ र प्रयोगकर्ताहरूका लागि सुरू गरिसकिएको छैन । लाइक फिचर हटाउने परीक्षण कहिलेदेखि सुरु गर्ने भन्नेबारेमा भने फेसबुकले केही जानकारी दिएको छैन ।

Related