• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ठेकेदारका कारण कालीगण्डकी लोकमार्गको पर्वत खण्ड अलपत्र

  •      /५ आश्विन २०७६, आईतवार १४:३८ ,  प्रकाशीत
  • कालीगण्डकी लोकमार्गको पर्वत खण्ड विस्तारको काम अलपत्र परेको छ ।

    ट्रयाक खोलेर सकिने बेलासम्म ठेकेदार कम्पनीको ठगीले करिडोरको काम रोकिएको हो । स्याङ्जाको मिर्मीबाट पर्वतको मालढुङगा सम्मको ५५ किलोमिटर सडक खण्ड विस्तारको काम रोकिएकोमा यतिखेर स्थानीय आक्रोसित छन् ।

    विसं २०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गतेसम्ममा काम सम्पन्न गर्नु पर्ने सम्झौता भएपनि सडकको जिम्मा लिएको सूर्य कन्ट्रक्सन प्रालि सुकेधारा काठमाडौंले काम सकेको छैन् । पर्वत खण्डमा ३० प्रतिशतभन्दा बढी काम बाँकी रहेको छ ।

    काम अलपत्र भएकै कारण आयोजना कार्यालय ठेकेदार कम्पनीलाई कारवाहि गर्ने तयारीमा छ । कन्ट्रक्सन कम्पनीले रू.९ करोड १७ लाख ४९ हजार २४५ को लागतमा निर्माणको काम सक्ने लक्ष्यका साथ सम्झौता गरेको लोकमार्ग आयोजना कार्यालय पाल्पाले बताएको छ ।

    ट्रयाक खोलिएको ठाउँमा पनि गाडी गुड्ने अवस्था छैन् । उक्त खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्रयाक खुले पनि सवारीसाधन चल्ने अवस्था छैन भने मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्रयाक खोलेको छैन् ।

    ‘सडक अलपत्र पार्ने कम्पनीलाई कारवाही गर्नुपर्छ,’ फलेवास ४ का कृष्णप्रसाद लम्सालले भने, ‘राष्ट्रिय गौरवको आयोजना अलपत्र पार्नेलाई छुट दिनुहुँदैन ।’ काम अलपत्र पार्ने ठेकेदार कम्पनीले अहिलेसम्म झण्डै रू.६ करोड भुक्तानी लगिसकेको छ भने रू.३ करोड १७ लाख भुक्तानी पाउन बाँकी रहेको कार्यालयले बताएको छ ।

    पटक– पटक पत्राचार गर्दा पनि काम शुरु नगरेको आयोजना प्रमुख नगेन्द्र सुुवेदीले जानकारी दिए । ‘ दैनिकजसो ठेकेदारलाई सम्पर्क गरेर काम शुरु गर्न ताकेता गरेका छौं,’ उनले भने,‘ काम शुरु नगरे कानून बमोजिम कारवाही गर्छौं ।’

    सूर्य कन्ट्रक्सनका सञ्चालक सूर्यबहादुर खड्काले विभिन्न समस्याका कारण केही समय ढिलाइ भएको बताउँदै आगामी पुस १५ गतेभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    वर्षायाम भएकाले काम सुचारु गर्न सकेका छैनौँ भन्दै उनले अब केही पहरा कटान गरेर ट्रयाक खोल्ने काम र ग्राभेलिङको काम मात्र बाँकी रहेकाले तीन महीनाभित्र सम्पन्न हुने दाबी गरे ।

    राष्ट्रिय गौरवको योजना लामो समयदेखि अलपत्र परेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला ठेकेदारले तीन महीनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता भने व्यक्त गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.