• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तीनदशकपछि स्याङ्जाको अर्जुनचौपारी सडक कालोपत्रे हुदै

  •    शुभेच्छा न्यूज संवाददाता  /५ आश्विन २०७६, आईतवार १४:५७ ,  प्रकाशीत
  • अर्जुनचौपारी–घण्टे–पर्वत–बागलुङ जोड्न सडक अर्जुनचौपारीसम्म कालोपत्रे हुने भएको छ । २०२७ सालबाट मालबहाक र २०४८ बाट यात्रुबहाक सवारी साधन पुगेको उक्त सडक कालोपत्रे गर्नका लागि गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनाअनुसार काम सुरु गरेको हो ।

    हिउदँमा धुलो र वर्षातमा हिलोबाट सास्ती भोग्दै आएका यहाँका स्थानिय नागरिकले समस्याबाट राहन पाउने भएका हुन् । प्रदेश सरकारको स्थानिय पालिका कार्यालय सडक पु¥याउने लक्ष्य अनुसार पुर्वाधारण बिकास कार्यालयले कार्यालयले २ बर्षमा काम सक्ने गरेर भदौ २९ गते १८ करोडको सुचना प्रकाशन गरेको कार्यालयका प्रमुख सोभियत खड्काले जानाकारी दिनुभयो ।

    पहिलो चरणमा अर्जुनचौपारी बजारसम्म रहेको सडकको स्तरोन्नती, नाली, ग्याबिन, मेसीनरी वाल सहित ८ मिटरको सडक बनाएर कालोपत्रे हुने खड्काले बताउनुभयो । स्याङ्जाको हेलुबाट पर्वत हुँदै बागलुङ पुग्ने छोटो दुरी ४८ किलो मिटर जोड्न पहिलो चरणमा ६.७ किलो मिटर कालोपत्रे हुने छ ।

    योजना सम्झौता लगत्तै कामलाई अगाडी बढाउने बताउदै खड्काले तोकिएको समयमै कालोपत्रे हुने बताउनुभयो । हेलु अर्जुनचौपारी घण्टेसम्म ०५४ सालमा सडक खनिएको हो भने पर्वत हुदै बाग्लुङ् ६० सालमा खनिएको हो ।

    हेलुबाट पर्वतको महाशिला हुदै बाग्लुङ्को सदरमुकामा पुग्न कालिगण्डकी करिडोर र पोखरा बाग्लुङ् सडक भन्दा छोटो दुरीमा रहेको छ । योजना बहुबर्षिय भएको बताउदै प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ्ले क्रमैसगँ पर्वत र बाग्लुङ्का सांसदसगँ छलफल गरेर बजेट बिनियोजन गर्दै सडक कालोपत्रे गरिने बताउनुभयो ।

    आफ्नो पहल र आवश्यकताको हिसाबले प्रदेश सरकारले बजेड बिनियोजन गरेको बताउदै गुरुङ्ले आफु सोहि प्रदेशको नाताको हिसाबले आफ्नो प्रदेशमा पर्ने सो बाटो आफ्नो कार्यकालमा कालोपत्रेमा चासो दिने बताउनुभयो ।

    उहाँले हेलु घण्टे, पर्वत महाशिला र बागलुङ खण्डमा धेरै बाटो चौडा पुगेको बताउदै मुख्य बाटो भएकाले नाला र कालोपत्रका लागि बजेट बिनियोजन गर्न कठिन नहुने बताउनुभयो । सडक कालोपत्रे हुने भएपछि हर्षका आशु भएको बताउदै स्थायनिय समाजसेवी नन्लकली पौडेलेसधै भर सरकारको बिकासको चासो जानुपर्ने बताउनुभयो ।

    सडक अर्जुनचौपारीसम्म कालोपत्रे हुने भएपछि खसी ब्यक्त गर्दै डिलबहादुर लामिछानेले आफ्नो गाउँसम्म सडक कालोपत्रे हुने आशा जागेको बताउनुभयो । पहिलो चरणमा कालोपत्रे हुने ठाउँभन्दा १६ किमी टाँढा आफ्नो घर भएको बताउँदै लामिछानेले गापा केन्द्रमा कालोपत्रे भएपछि बाँकी सडक पक्का कालोपत्रे हुने बताउनुभयो ।

    यस सडकमा पुर्वाधार काम गर्ने सडक बाहेक घण्टेसम्म पाँच करोड र पर्वत–बागलुङमा सोही बराबरको बजेट रहेको छ । प्रदेश सरकारले अर्जुन चौपारी सडकलाई प्राथमिकतामा राखेर केवरे खोलामा मोटरेबल पुल निर्माणका लागि ७५ लाख बिनियोजन गरेको छ ।

    यस्तै यस सडक बिस्तारमा भौतिक पुर्वाधार मन्त्रालय केन्द्र सरकारले समेत एक करोड रकम समेत लाख बिनियोजन गरेको रहेको छ ।
    nepalsanchar.com

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.