• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

राष्ट्रपतिद्धारा आज पोखरामा विभिन्न क्षेत्रमा उल्लेखनिय योगदान पु¥र्याएका एकसय जनालाइ अभिनन्दन गर्दै

  •      /२६ फाल्गुन २०७४, शनिबार ०२:३२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज

    पोखरा, २१ फागुन । समाज सेवाका क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालले आज लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षको अवसरमा पोखरामा नागरिक अभिनन्दन तथा रथारोहण सहित बिषेश सम्मान गर्ने भएकोछ।
    ‘हाम्रो गौरव राष्ट्रिय सान, १०० वर्षमा १०० जना सम्मान’ नाराका साथ राज्यका विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने १ सय जना व्यक्तिहरुलाई नागरिक अभिनन्दन तथा रथारोहण सहित विशेष सम्मान गरिने डिष्ट्रिक गभर्नर धनराज आचार्यले जानकारी दिए।
    कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको आयोजक डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले बताए। ‘लायन्स अन्तर्रा्ष्ट्रिय स्थापनाको सय वर्ष पुरा गरेको सन्दर्भमा हामीले विशेष कार्यक्रम आयोजना गरेका छौं,’ उनले भने, ‘जात, धर्म, वर्ण, लिङ्ग तथा राजनीतिभन्दा माथि उठेर विशुद्ध सामाजिक सेवामा एक छुट्टै पहिचानका बनाई लायन्स अगाडि बढिरहेको सन्दर्भमा यस वर्ष आफ्नो स्थापनाको शताब्दीऔ वर्ष मनाइरहेका छौं ।’
    समाजमा विशेष्ट योगदान पु¥याएका १ सय जना व्यक्तित्वहरुलाई शतवार्षिकी समारोहबीच नागरिक अभिनन्दन तथा रथारोहण गराउने कार्यक्रममा देशभरबाट २५ हजार भन्दा बढीको उपस्थिति रहने आचार्यले बताए । ‘व्यक्तिगत लाभभन्दा माथि उठेर राज्य एवं समाजमा विशेष योगदान पु¥याएका मेचीदेखि महाकालीसम्मका छनौटमा परेका एक सय जनालाई सम्मान गर्नेछौं,’ उनले भने, ‘प्रतिष्ठित एवं सम्मानित व्यक्तित्वहरुलाई पोखरा सभागृहबाट रथमा चढाई नगर परिक्रमा गराई पोखरा प्रदर्शनी केन्द्रमा पुगेर भव्य समारोहका बीच नागरिक अभिनन्दन गर्ने छौं।’
    ३३ वटा रथमा सम्मानित व्यक्तिहरुलाई नगर परिक्रमा गराइनेछ। सय वर्ष अघि प्रथम विश्वयूद्धबाट क्षतविक्षत भएको समाजमा मानवीय सेवा, मानिसहरु बीच दुःखमा समवेदना प्रकट गर्न र घाउमा मलमपट्टी लगाउको लागि लायन्सको स्थापना भएको डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले बताए। ‘लायन्स क्लब्स अन्तर्रा्ष्ट्रिय आजसम्म आइपुग्दा संसारकै सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सामाजिक संस्थाका रुपमा स्थापित भएको छ,’ उनले भने। ‘हाल विश्वका २११ देशमा शिक्षा, स्वास्थ्य र वातावरण एवं पर्यावरण संरक्षणमा विशेष योगदान पु¥याउँदै आएको लायन्स नेपालमा बिगत ४७ वर्षदेखि विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय रुपमा क्रियाशील छ।’
    नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला संस्थापक अध्यक्ष रहेको यस संस्थाले अन्धोपन निवारण, स्वास्थ्य जनचेतना, आँखा अस्पताल एवं शिक्षण संस्थाहरुको विकास र बिस्तारमा उल्लेखनीय योगदान पु¥याउदै आएकोछ।
    लायन्स अन्तर्रा्ष्ट्रिय स्थापनाको सय वर्षमाको अवसरमा डिष्ट्रिक गभर्नर आचार्यले विभिन्न सय वटा कार्यक्रमहरु सार्वजनिक गरेका थिए । सय वटा कार्यक्रममध्ये शतवार्षिकीको मुख्य कार्यक्रम सय जना व्यक्तिहरुलाई सम्मान तथा रथारोहण रहेको थियो।
    नेपालमा लायन्सलाई फरक धारबाट ब्राण्डिङ गर्ने लक्ष्यसहित आचार्यकै अगुवाईमा ‘पढाऔं अभियान’ कार्यक्रम अगाडि बढिरहेको छ । उक्त अभियानका लागि ५ करोड ५० लाख रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आइसकेको पढाउ अभियानका संयोजक एवं डिष्ट्रिक कोचिफ एडभाइजर चन्द्र कुमार केसीले बताए। ‘यस अभियानमा रकम आउने क्रम जारीछ ’केसीले भने। ‘हाम्रो अपेक्षा पुरा हुदैछ। अब, हामी बर्षिकरुपमा सयौ गरिब तथा जेहन्दार विधार्थीलाई छात्रबृत्ती प्रदान गछौ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.