• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार ५ जनाको मृत्यु

  •      /७ आश्विन २०७६, मंगलवार ०४:३० ,  प्रकाशीत
  • पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन/नारायणढ–बुटवल सडक खण्डको कावासोती नगरपालिकाको खरकट्टा जंगलमा गएराति कार र ट्रक ठोक्किदा ५ जनाको मृत्यु भएको छ ।

    मृतक सबै कारमा सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।दुर्घटनामा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ का दीपक वि.क., वडा नं. ५ का डिलबहादुर ढेंगा मगर र कैलालीको धनगढी घर भएका सुरज राना मगर रहेको प्रहरीले जनाएको छ । अन्यको सनाखत हुन सकेको छैन ।

    नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकसँग कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको बा २१ च ६४०९ नम्बरको कार ठोकिएर दुर्घटना भएको हो।

    त्यसैगरी मध्यविन्दुनगरपालिकाको अरुणखोला जंगलमा गएराति भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दाङबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको यात्रुबहाक बस सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

    दुर्घटनामा बसका चालक मकवानपुर हेटौडाका ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते १६ जनाको नवलपुर, कालीगण्डकी र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.