• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कागतीको सेवनबाट हुने फाइदा यस्ता छन्

  •      /८ आश्विन २०७६, बुधबार ०६:१४ ,  प्रकाशीत
  • दिनहुँ कागती पानी पिउँदा तपाईँको स्वास्थ्यमा अपूर्व परिवर्तन आउँछ । कागती पानीले छालामा चमक ल्याउनेदेखि पेटको रोग समेत निर्मुल गर्छ । कागतीले शरिरमा उर्जा दिने, छुट्टै जोश प्रदान गर्ने र बुढ्यौलीपनबिरुद्ध लड्ने क्षमता राख्छ ।

    रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
    यदि तपाईँ चिसो मौसममा हिमालतिर जाँदै हुनुहुन्छ वा समुद्रको किनारमा घुम्दै हुनुहुन्छ वा पानी परेको समयमा बाहिर निस्कदै हुनुहुन्छ भने जानुभन्दा अगाडि भिटामिन सीयुक्त कागतीपानी खाएर सम्भावित चिसोबाट बच्न सक्नुहुन्छ ।

    छालामा चमक
    कागतीमा एन्टिअक्सिडियन्ट्स हुन्छ जसले सूर्यको कडा प्रकाश, प्रदुषण र एलर्जीपछि हुने छालाजन्य समस्याबाट बचाउँछ । भिटामिन सीले बुढ्यौलीपनलाई रोक्छ र अनुहारको छालालाई कसिलो बनाउँछ ।

    तौल घटाउँछ
    कागती पानीले शरिरमा हुने निश्चित चिल्लो पदार्थको मात्रालाई नियन्त्रण गरी शरिरको रगत र कलेजोको कोलोस्ट्रोल तहलाई घटाउँछ । शरीरमा हुने मेटाबोलिजम प्रक्रियालाई सशक्त बनाउँछ ।

    अम्लियपनले शरिरमा क्षार बढाउछ
    कागतीले शरीरमा भएको अम्लियपनसँग प्रतिक्रिया जनाई क्षार बनाउँछ । किड्नीले साबधानीपूर्वक रगतलाई नियन्त्रण गरी पीएच ७ दशमलब ४ बनाउँछ । तर, कागती पानी खाएर यसलाई हलुका बनाउन सकिन्छ ।

    राम्रो पाचन प्रक्रिया
    कागती पानीले आन्द्रालाई सफा गरि पाचन प्रणालीलाई सहज बनाइदिन्छ । आन्द्रामा रहेका उत्तेजित विकारलाई कागतीको अमिलोले एउटा फलसको काम गर्छ ।

    कलेजो र किड्नीको विष हरण गरिदिन्छ
    कागतीले कलेजोलाई सफा र कलेजोलाई सशक्त बनाइदिन्छ । कलेजोका इन्जाईमहरु कमजोर भएमा उर्जा प्रदान गर्छ र रगतको उत्तेजक पर्दाथलाई फिल्टर गरिदिन्छ ।

    ऊर्जा दिन्छ
    सामान्यभन्दा बढी थकित महशुस गर्नुभएको छ । राम्रोसँग सुत्दा पनि कमजोर भइरहेको छ ? यदि यस्तो लक्षण देखिएको छ भने तपाईँमा रक्तअल्पताको संकेत हो र भिटामिन सीयुक्त कागती एउटा अचुक औषधी नै हो । किनकी यसले तपाईको शरिरलाई आइरन सोस्न सहयोग पु¥याउँछ ।

    क्यान्सरबाट बचाउँछ
    एन्डिअक्सिडियन्ट र भिटामिन सीयुक्त कागतीले शरिरमा अनावश्यक तत्वहरुलाई नष्ट गर्न र क्यान्सरको खतराबाट बचाउछ ।

    स्वस्थ शरीर
    कागती पानीमा पर्याप्त पोटासियम हुन्छ जसले दिमागलाई स्वस्थ राखनुका साथै रक्तचापलाई नियन्त्रणमा राख्छ ।

    ताजा सास
    सुक्ष्मजीवाणू बिरोधी तत्व रहेको कागतीलाई पानीमा निचोरेर खाँदा तपाईको श्वासको दुर्गन्ध हटाउनुका साथै मुखमा हुने रोग लाग्नबाट बचाउँछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.