नेपालमा आठ महिनामा साढे सात लाख पर्यटकले गरे भ्रमण
/९ आश्विन २०७६, बिहीबार १५:४८ , प्रकाशीत
सन् २०१९ को पहिलो आठ महिनामा ७ लाख ४२ हजार ६ सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०१९ को जनवरीदेखि अगष्ट महिनासम्मको आगमन गत वर्षको तुलनामा ९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा ६ लाख १९ हजार ७ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका थिए।
पछिल्लो समय पर्यटकको आगमन दर सकारात्मक रुपले वृद्धि भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारीअधिकृत (सीईओ) दीपकराज जोशीले बताए। ‘निजी क्षेत्र र सरकारले अझै हातेमालो गरेर प्रर्वद्धनमा जोड दिनुपर्ने छ। त्यसबाट पर्यटन क्षेत्रमा महत्वूर्ण उपलब्धी हासिल हुनेछ,’ सीईओ जोशीले भने।
आठ महिनामा सबैभन्दा धेरै भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन्। भारतबाट १ लाख ४२ हजार २ सय ८६ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका हुन्। जुन गत वर्षभन्दा ६.१ प्रतिशतले बढी हो।
त्यसैगरी, चीनबाट आउने पर्यटक संख्यमा पनि ९.८ प्रतिशतले वृद्धि भएको छ। आठ महिनामा १ लाख ६ हजार ५० चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटक संख्यामा पनि ६.३ प्रतिशतले वृद्धि भएको छ। सार्कबाट आठ महिनामा २ लाख ४ हजार १ सय ९२ पर्यटकले नेपाल भ्रमण गरेका छन्। यस्तै, थाइल्याण्डबाट नेपाल आउने पर्यटकको दर ३८.९ र जापानबाट १२ .८ प्रतिशतले वृद्धि भएको छ।
युरोपबाट आठ महिनामा १ लाख ३६ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। जसमा बेलायतबाट ३६ हजार ९ सय ७२ र जर्मनीबाट १६ हजार ३ सय २४ पर्यटकले नेपाल आएका छन्।
त्यस्तैगरी, अमेरिकाबाट आठ महिनामा ५८ हजार ६ सय २१ पर्यटकले नेपालको भ्रमण गरेर फर्किएका छन्। जुन गत वर्षभन्दा ६ प्रतिशतले बढी होअष्ट्रेलियन पर्यटकको संख्यामा पनि ८.१ प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डका अनुसार अष्ट्रेलियाबाट आठ महिनामा २० हजार ८ सय १९ पर्यटकले नेपाल आएका छन्।

Related