• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटक बोलाउन मन्त्रीसहित गण्डकी प्रदेश सरकारको देश दौडाहा

  •    नरहरि पौड्याल  /९ आश्विन २०७६, बिहीबार १६:०१ ,  प्रकाशीत
  • गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षमा पर्यटक बोलाउन देश दौडाहा अभियान (पर्यटन प्रबद्र्धन अभियान) सुरू गरेको छ ।प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षलाई सफल बनाउन असोज ९ देखि १६ गतेसम्म देशका पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक अभियान चलाएको हो ।

    नेपाल भ्रमण वर्ष २०२० अघि गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाउँदैछ । आन्तरिक पर्यटन वर्षमा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ ।

    सरकारले लिएको सो लक्ष्य पूरा गर्न करिब साढे तीन महिना मात्र बाँकी छ । यस अवधिमा १५ लाख पर्यटक भित्र्याउने र नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले प्रदेश सरकारले एक हप्ता देश दौडाहा अभियान चलाएको हो ।

    अभियानको नेतृत्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय विकास लम्सालले गरेका छन् ।अभियानमा सरकारी कर्मचारी, पत्रकार, कलाकार, पर्यटन व्यवसायिक तथा उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, लगायत विभिन्न क्षेत्रका ५० जनाको सहभागिता छ ।

    अभियानमा सहभागी टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विदाई गरे । सो अवसरमा गुरुङले गण्डकी प्रदेशको पर्यटनको आधार भनेको प्रकृति र संस्कृति भएकोले सोहीअनुसार प्रचारप्रसार गर्न सुझाब दिए ।

    अभियानका क्रममा गण्डकी सरकारले अन्य प्रदेशको भ्रमण गरी सरोकारवाला र प्रदेश सरकारलाई निम्ता दिने छ ।अभियानको नेतृत्वकर्ता तथा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको सम्बृद्धिको आधार भनेको पर्यटन भएकाले यस वर्षको अन्त्यसम्ममा १५ लाख पर्यटक भित्राउने दावी सहित अभियान शुरु गरेका हुन् ।

    पोखरा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले यस प्रदेशको पर्यटन विकासमा मात्रै नभई पर्यटन विकासमा देखिने चुनौतीको पनि सरकारसँगै सामना गर्न आफूहरु तयार रहेको बताए ।

    विश्व पर्यटन संघले यस वर्षको दिवसको नारा ‘पर्यटन र रोजगारी : भविष्यमा सवैलाई लाभकारी’ सार्वजनिक गरेको छ ।अभियानले सरकार र व्यवसायिक प्रतिष्ठान बीचमा व्यापारिक सहकार्य, व्यापारीहरु बीचको अनुभव साटसाट, फोटो प्रर्दशनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम सञ्चालन गर्नेछ ।

    अभियानको क्रममा बाटोमा पर्ने तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौडा, धनुषाको जनकपुरधाम, सुनसरीको धरान र झापाको विर्तामोडमा पनि साक्षात्कार गर्नेछ ।

    अभियानमा खासगरी प्रादेशिक सरकारका साथै निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानहरुबीच व्यापारिक वार्तालाभ, अनुभव आदान प्रदान तथा अन्य व्यवासयिक कार्यक्रमहरु तय गरिनेछ ।

    अभियानअन्तर्गत प्रदेश ५ को मणिग्राम, प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंमा संघीय र प्रदेश सरकारबीच व्यावसायिक कार्यक्रम (जीटुजी), सरकार र व्यावसायिक प्रतिष्ठानबीचमा व्यापारिक सहकार्य (जीटुबी), व्यापारीबीचको अनुभाव साटसाट, सहकार्य (बीटुबी) लगायतका कार्यहरू हुने जनाइएको छ ।

    यसैगरी सरकार र सम्बन्धित क्षेत्रका पर्यटन व्यवसायीहरुको व्यवसायिक साझेदारी तथा सहकार्यका विषयमा छलफल हुनेछ । यस्तै चर्चित कलाकारहरुले गण्डकी प्रदेशको सांस्कृतिक पक्ष झल्काउने नाचगान समेत प्रस्तुत गर्नेछन् ।

    गण्डकी क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा साहसिक गतिविधिका तस्बिरहरु पोखरा फोटो पत्रकार संघले आयोजना गर्नेछ । फोटो प्रर्दशनी मार्फत यस प्रदेशको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, सहासिक पर्यटन गतिविधिका सुन्दर दृष्यहरुको प्रर्दशनी गरिनेछ । साथै अभियान टोलीसँग स्थानीय पत्रकार भेटघाटको कार्यक्रम समेत हुनेछ ।

    यस अभियानको प्रमुख लक्ष्य आन्तरिक भ्रमण वर्ष २०१९ को अवसरमा नेपालका प्रमुख शहरहरुमा गण्डकी प्रदेशको बारेमा प्रचार प्रसार गर्न, आन्तरिक पर्यटकहरु माझ प्रवद्र्धन गर्न र पर्यटन व्यवसायी बीचमा व्यवसायिक सम्बन्ध स्थापित गर्नु रहेको मन्त्री लम्सालले जानकारी दिए ।

    ‘हामीले आन्तरिक पर्यटकलाई प्रवर्द्धन गर्न यो अभियान थालेका हौं,’ उनले भने, ‘प्रदेशभित्रका ११ जिल्लाकै फरकफरक प्याकेज सहित आन्तरिक पाहुनालाई स्वागत गर्ने अभियानमा छौं ।’ यस अभियान चलाउँदा झन्डै ३६ लाख रुपैयाँ खर्च हुने उनले बताए ।

    यस प्रदेशमा लगभग १०१ जातजातिका मानिसहरुले लगभग ८४ किसिमका भाषा बोल्दछन् । गण्डकी प्रदेशका यिनै विशेषतालाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले आथिक बर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम मार्फत पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता राख्दैे सन् २०१९ देखि २०२२ सम्मलाई गण्डकी प्रदेश पर्यटन वर्षको रुपमा मनाउने विषय उल्लेख गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.