• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतबाट कृषि विकास बैंक चोरी प्रकरणमा एक महिला पक्राउ

  •      /११ आश्विन २०७६, शनिबार ११:२१ ,  प्रकाशीत
  • कृषि विकास बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गरेको प्रकरणमा पर्वतको हुवासबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ३१ वर्षीया मालतीदेवी न्यौपाने भट्टराईलाई पक्रेको हो ।

    भट्टराईलाई केन्द्रीय अपराध अनुसन्धान विभाग (सीआइबी)को अनुरोधमा पक्राउ गरि शनिबार काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यलय पर्वतका डीएसपी स्यामु अर्यालले बताए । ‘सीआइबीको आग्रहमा आवश्यक अनुसन्धानका लागि मालतीदेवी न्यौपानेलाई पक्राउ गरी काठामाडौं पठाएका छौं,’ उनले भने ।

    प्रहरीले उनलाई माती घर पैंयु गाउँपालिका–४ हुवासबाट नियन्त्रण लिएको जनाएको छ । ह्याकर समूहले मालतीदेवीको कृषि विकास बैंक हुवास शाखामा रहेको खातामा २९ लाख रुपैयाँ ट्रान्सफर गरेको देखिएपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।

    आफन्तले विदेशबाट पैसा मगाउनका लागि भनेर आफ्नो बैंक खाता नम्बर मागेका कारण उपलब्ध गराएको मालतीदेवीले प्रहरीमा बयान दिएकी छन् । ‘आफन्तले मेरो खातामा पैसा आएन तपाईंको खाता नम्बर दिनुस् भनेर मागेपछि मैले बैंक खाता नम्बर उपलब्ध गराएको हो,’ मालतीदेवीले बयानमा भनेकी छन् ।

    खातासँगै दुइटा खाली चेक दिएको पनि स्विकारेको प्रहरीले जनाएको छ ।

    बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा यसअघि छिमेकी जिल्ला स्याङजाको वालिङ्गबाट रामकृष्ण भुसाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १३ जनालाई बुधबार सार्वजनिक गरेको थियो ।

    घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका ’काले’ भनिने पिटर भने फरार छन् । उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.