विन्ध्यवासिनी मन्दिरमा शोभायात्रा सहित ‘नवदुर्गा महोत्सब’ शुरु
/१२ आश्विन २०७६, आईतवार १०:४७ , प्रकाशीत
पोखरा । गण्डकी प्रदेशकै ठुलो शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा शोभायात्रा सहित नवदुर्गा महोत्सब–२०७६ शुरु भएको छ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समितिको अयोजनामा वडा दशैंको स्वागतार्थ शोभायात्रा सहित आज (आईतबार) घटस्थापना पुजा गरी महोत्सब शुरु गरिएको हो । महोत्सव आज (घटस्थापना) देखी नवमी सम्म सञ्चालन हुने छ ।समितिका सचिब तीर्थ श्रेष्ठले नवकन्या आरुढ नौ रथ सहितको शोभायात्रा सहित पुजा गरि वडा दशैको स्वागत गरेको बताए ।
उनले उक्त शोयायात्रामा नवकन्या आरुढ नौ रथ सहित बिन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलश सहित मातृशक्ति, बिभिन्न आमा समुहहरु, सामाजिक धार्मिक तथा जातिय साँस्कृतिक बैंक तथा बित्तिय संस्थाहरु, शैक्षिक संस्थाहरु, भजन समुहहरु र वाणिज्य तथा बस्तुगत सँघहरुको उल्लेख्य सहभागिता रहेको बताए । महोत्सब अवधिभर रात्रिकालिन आरती समेत गरिने श्रेष्ठले बताए ।
उनले महोत्सब अवधिभर रात्रिकालिन आरती समेत गरिने बताउँदै युवा पण्डित नारायण देवकोटाले संगीतमय झाँकी सहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत गर्ने बताए । श्रेष्ठका अनुसार प्रत्येक दिन बिहान ९ देखी १२ बजे सम्म र मध्यान्नदेखी अपरान्ह ४ बजे सम्म महायज्ञ हुनेछ ।
उनले बिजयादशमीको दिन बिहान ४ बजेदेखी नित्य पूजा आरम्भ भई ५ बजेबाट भक्तजनहरुका लागि खुला गरिने बताए । त्यसपश्चात वाल गोपाल भजन मण्डल तथा बिन्ध्यबासिनी महिला भजन समुहबाट भजन कीर्तन हुने आयोजकले जनाएको छ ।
विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुग्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए । महोत्सवमा श्रीमद् भागवतदेवी ज्ञान महायज्ञ समेत हुने भएको छ । महायज्ञ प्रत्येक दिन विहान ९ बजे देखि मध्याहः १२ बजेसम्म र मध्यान्हः ११ बजेबाट अपरान्हः ४ बजेसम्म चल्ने छ ।
विजया दशमीको अवसरमा मन्दिरमा बिहान ४ बजे देखि पूर्वान्हः ५ बजेसम्म नित्य पुजा आजा गर्ने व्यबस्था समितिले मिलाएको अध्यक्ष श्रेष्ठले जनाए । प्रत्यक साँझ ६ बजे भने आरती गरिने भएको छ ।
शोभायात्राको नेतृत्व गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवंरले गरेको अध्यक्ष श्रेष्ठले बताए । मन्दिरमा भक्तजनहरुले चढाएको भेटिबाटै समितिले विभिन्न सामाजिक कार्य गर्दै आएको उनले बताए ।गत बर्ष समितिले करिब दुई करोड ७५ लाख रुपैया भेटि संकलन गर्न सफल भएको सचिव श्रेष्ठले बताए ।
समितिले अपांङ्ग तथा असहायहरुको लागि केही समय अघि मन्दीर परिसरमो लिफ्ट समेत सञ्चाालनमा ल्याएको छ। लिफ्ट शारीरिक असक्त, अपाङगता भएका र ज्येष्ठ नागरिकहरुलाई निशुल्क छ भने अन्य लिफ्ट प्रयोग गर्ने नेपाली नागरिकलाई समितिले प्रतिब्याक्ती ५० र विदेशीलाई १ सय रुपैया लिने गरेको छ ।

Related