• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँमा कांग्रेस नेता रिजाललाई नेकपाको अवरोध

  •      /१२ आश्विन २०७६, आईतवार १३:३९ ,  प्रकाशीत
  • तनहुँस्थित रिसिङ गाउँपालिका भवन शिलान्यास गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले अवरोध गरेका छन्।

    दमौलीबाट रिसिङ जाँदै गरेका रिजाललाई कार्यक्रमस्थल जान नदिन रूख ढालेर सडक अवरोध गरिएको थियो। ‘सडकमा रूख ढालेर अवरोध गरे। लाठी बोकेका युवा तैनाथ थिए। उनीहरूले प्रशासनको आडमा हामीमाथि अवरोध सिर्जना गरेका हुन्’ रिजालले भने।

    जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विनोद सिलवालले केहीबेर तनाव भए पनि प्रहरी परिचालन गरिएपछि अवस्था शान्त भएको बताए। ‘केहीबेर तनाव भएको हो, हामीले प्रहरी पठाएपछि शान्त भयो,’ उनले भने, ‘शिलान्यास कार्यक्रम सकेर मन्तव्य पनि भयो र उहाँहरू गन्तव्यतिर जाँदै हुनुहुन्छ।’

    नेकपाले सहमतिमै कार्यक्रम हुनुपर्ने बताउँदै अवरोध गरेको हो। घटनापछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले रिजालमाथि आक्रमण प्रयास गर्दै नेकपाले रिसिङ गाउँपालिकाका जनतामाथि अपमान गरिएको बताएका छन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.