• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बलात्कार आरोप लगाउने रोशनी शाही यू-टर्न, भन्छिन्ः ‘महरा सरबाट ममाथि कुनै दुर्व्यवहार भएको छैन,

  •      /१५ आश्विन २०७६, बुधबार ०३:२३ ,  प्रकाशीत
  • प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर राजिनामा दिन बाध्य बनाएकी रोशनी शाहीले अहिले उल्टै पत्रकारलाई नै दोष दिँदै महराले आफूलाई बलात्कार नगरेको भन्दै कुरा फेरेकी छन् । नागरिक खबर डटकम अनलाइनले यो समाचार प्रकाशित गर्दै भिडियो केही छिनमा सार्वजनिक गर्ने बताएको छ ।

    हिजो, शाहीले हाम्रा कुरा डटकमसँग आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिईन् । हाम्रा कुरा डटकमले पनि सुरुमा न्यूज प्रकाशित गरेर पछि भिडियो सार्वजनिक गरेको थियो ।

    अहिले फरक अनलाइन मार्फत रोशनीले पत्रकारलाई नै दोष दिँदै आफूलाई यूटर्न गरेकी छन् । उनी फेसबुकमा हरेक समाचार अपडेट गर्दै बसेकोमा अहिले फेसबुक पनि डिएक्टिभेट गरेकी छन् । प्रचण्ड पुत्री रेणु दाहाललाई चरित्रहीन भन्दै पोष्ट गरेकी उनले पटक पटक माओवादीको खेदो खन्दै स्टाटस समेत लेखेको फेसबुकमा भेटिएको छ ।
    नागरिक खबर डटकमसंग उनले यसो भनिन्
    प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् । उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् ।

    नागरिकखबरलाई भिडियो अन्तर्वार्ता दिएकी उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेका छिन् । ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो’, उनले भनिन्, ‘अहिले त धेरै भयो भेट पनि नभएको ।’

    शाहीले महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै रिसको झोंकमा आफूले भनेका सबै कुरा गलत भएको बताइन् । ‘उहाँ (महरा) मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन् । त्यसमा कोही पनि भ्रममा नपर्नु होला’, उनले भनिन्, ‘मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन् ।’

    उनले महराले कर्मचारी समायोजनमा चाहेको ठाउँमा नभएको नआत्तिन भनेर फोन गरेको प्रष्ट पारिन् । ‘पछिल्लो समय मलाई कर्मचारी समायोजनमा नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो ।

    त्यसै झोंकमा मैले के के भने ती सबै गलत हुन्’, शाहीले भनिन्, ‘महरा सरले फोन त गर्नुभएको हो । उहाँले तिमिहरु कोही पनि आत्तिनु पर्दैन । चिकित्सकदेखि सबैको समायोजनमा म मिलाउने प्रयास गर्छु भनेर सम्झाउन फोन गर्नुभएको हो ।’

    शाहीले आफूले विगत आठवर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको बताइन् । ‘म आठ वर्षदेखि डिप्रेसनमा छु । आमाको निधनपछि डिप्रेसनमा छु । नियमति औषधि सेवन गरिरहेको छु’, उनले भनिन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.