• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरको अगुवाइमा लामाचौरमा ‘किसान बजार’ सञ्चालन

  •      /१५ आश्विन २०७६, बुधबार १४:१६ ,  प्रकाशीत
  • किसानले उत्पादन गरेका बस्तु सिधै उपभोक्ताले खरिद गर्न सक्ने गरी किसान बजार सञ्चालनमा ल्याइएको हो । पोखरा १६ र १९ को सिमानामा पर्ने ठूलीपोखरीस्थित गौरबारीमा स्थापना गरिएको किसान बजारको बुधबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे ।

    उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले किसान बजारले किसानलाई हौसला प्रदान गर्दै बिचौलियालाई निरुत्साहित गर्ने बताए । उनले किसान बजार किसानले उत्पादन गरेका बस्तु संकलन गर्ने र वितरण गर्ने थलो भएको बताए । उनले किसानले उत्पादन गरेको बस्तुलाई सिधै उपभोक्तामा पु¥याउन किसान बजारले सहयोग गर्ने र बिचौलिया निरुत्साहित हुने बताए ।

    बजार स्थापना भएपछि किसानले पनि उचित मूल्य पाउने र उपभोक्ताले पनि किसानबाट सिधै खरिद गर्दा अनेत्र भन्दा सस्तोमा बस्तु पाउने विश्वास छ । यसले विशेष गरी वडा नम्बर १६ र १९ मा व्यावसायिक रुपमा उत्पादित कृषिका बस्तुले सजिलै बजार पाउने बताए ।

    वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलले किसार बजार स्थापना भएपछि किसानले सहज रुपमा आफ्नो उत्पादनलाई बिक्री गर्न सक्ने वातावरण बनेको बताए । वडा नम्बर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले वडा नम्बर १६ र १९ का किसानलाई लक्षित गरी किसान बजार स्थापना गरिएको बताए ।

    पोखरा महानगरपालिका कृषि तथा पुश सेवा महाशाखाका प्रमुख मनहर कडरियाले किसान बजार निर्माणको लागि महानगरपालिकाले करिब १० लाख लगानी गरेको बताए । कार्यक्रममा किसान दुर्गा बस्नेत र जीतबहादुर बस्नेतले किसान बजार स्थापना पछि बस्तु बिक्री गर्न सहज हुने र उचित मूल्य पाउने आशा व्यक्त गरे ।

    पोखरा १६ र १९ को कृषि सञ्जाल समितिका अध्यक्ष मेहरमान थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका सदस्य कृष्ण गौतम र सञ्जालका सचिव सुवास अधिकारीले पनि किसान बजारको बारेमा बोलेका थिए । कार्यक्रममा कृषि भजन समेत प्रस्तुत गरिएको थियो ।

    महानगरपालिकाको सहयोगमा बिरौटामा कृषि बजार सञ्चालनमा आइसकेको छ भने अन्य पाँच ठाउँमा पनि कृषि बजार निर्माण गर्ने योजना महानगरपालिकाले बनाएको छ ।

    पोखरा १६ र १९ को सिमाना ठूलीपोखरीमा स्थापना गरिएको किसान बजारको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.