१ सय ७५ औं पोखरा सरसफाईको अभियानको श्रृङखला लामाचौरमा रोकियो, स्थानीय भन्छन् अभियान लामाचौरमा निशेध गर्छैं
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान
लामाचौर । सधै कार्यक्रममा ठिक समयमा पुग्ने पोखराका सामाजिक अभियन्ता राम बहादुर पौडेल पोखरा १९ मा विहीबार अपरान्ह राखिएको बृहद सरसफाइ कार्यक्रमको पुर्व तयारी बैठकमा तोकिएको समयमा पुगेनन ।
विजया दशमीको पुर्व सन्ध्यामा बृहद सरसफाइको १ सय पचहत्तरौ श्रृँखलाको पुर्व तयारी बैठकका लागि वडा न १९ र रामबहादुर पौडेलको नामबाट पत्र काटिएको थियो ।यहि प्रयोजनका लागि अकला मन्दिरमा समयमै लामाचौर बासिको जमघट भैसकेको थियो ।तर तिन बजेका लागि पठाइएको निम्तोसाढे तिन बज्दा पनि आयोजकहरुको अत्तो पत्तो भएन ।
स्थानिय वासिन्दाले लामो समय कुरेपछि अकला धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष बाबुराम गौतमले कार्यक्रम स्थगित भएको बताए ।त्यति बेला सम्म उक्त ठाउँमा मोहरपानी हाडे सामुदायिक बन उपभोक्ता समितीका पदाधिकारी उपभोक्ता जम्मा भइ सकेका थिए ।
पुर्व तयारी बैठक त स्थगित भयो तर उक्त बनका उपभोक्ता समितीको आक्रोस अभियन्ता पौडेल माथि पोखियो ।बन उपभोक्त समिति पुर्व तयारी बैठकमा राम बहादुर पौडेल आउने भनेपछि पौडेलको बिरोधका लागि जम्मा भएको बुझियो ।
पुर्व तयारी बैठकमा स्थानियले बिरोध गर्दैछन भन्ने थाहा पाएर अभियन्ता पौडेल आएनन तर सोहि जमघटमा पुर्व प्रहरी निरीक्षक समेत रहेका बन उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर बरुवालले राम बहादुर पौडेलले लामाचौरमा गर्ने हरेक कार्यक्रममा अबरोध गर्ने बताए ।
बन उपभोक्ता समितीका अध्यक्ष वरुवालका अनुसार सामुदायिक बनको झार पात सुधार अन्तर्गत बन सफाइ गर्दा मोहोरपानी हाडे सामुदायिक बन लामाचौरको उपभोक्ता समितीलाइ अख्तियारमा मुद्दा हालेको ,सोझा साझा जनतालाई सामुदायिक बन सफाइ र सँरक्षणको काम गर्दा अख्तियारमा तारेख बोक्न बाध्य पारेकोले पौडेललाइ लामाचौरमा पस्न नदिने अध्यक्ष वरुवालले घोषणा गरे ।
हाम्रो गाउँ टोल हामिले सरसफाइ गर्छाै कसैले यहाँ आएर अभियन्ताको नाटक नगरे हुन्छ अध्यक्ष वरुवालको भनाइ छ ।यसरि स्थानिय बासिन्दाको विरोधले पुर्व तयारी बैठक स्थगित भैसकेको र १ सय ७५ औँ सरसफाइ कार्यक्रम लामाचौरमा स्थगन गर्ने पोकजरा बृहद सरसफाइका अभियन्ता राम बहादुर पौडेले जानकारी दिएका छन ।
उनले सरसफाइ हामिले आपसी सद्भावका लागि गर्दै आएका छौँ द्वन्द बढउने गरी हामिले अभियान गर्दैनौ । ‘लामाचौरको हकमा स्थगन गर्छाै’ उनले भने ।
पोखरा बुहद सरसफाइ अभियानले बुलौँदिबाट शुरुवात गरेको अभियानले १ सय ७४ औँ श्रृँखला सम्पन्न गरेको छ ।
पहिलो पटक लामाचौरमा पुग्दा १ सय ७५ औँ श्रृँखलामा जनताले अबरोध गर्ने बताएपछि स्थगित गर्नु परेको छ ।
फाइल तस्विर
Related