पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौडमा सहभागी हुन चिनियाँ धावकहरु पोखरा आएका छन् । अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौडमा सहभागी हुन मंगलबार चिनियाँ धावक टाली सहित पत्रकारहरु समेत पोखरा आइपुगेका हुन्।
बुधवार आयोजना हुने प्रतियोगितामा भागलिन पोखरा आइपुगेका नेपाली र चीनिया धावकलाई दौडको रुट, त्यहाँको अवस्था लगायतका वारेमा अफिसल टोलीले धावकहरुलाइ जानकारी गराएको छ।
चीनको कुनमिङ सहर र माउण्टेनरिङ्ग एक्सप्लोरेसन एशोसियनले धावकलाई आवश्यक व्याग, औषधी लगागयतका सामाग्रीहरु वितरण गरेको प्रतियोगिता संयोजक विश्वशंकर पालिखले जानकारी दिए।
प्रतियोगितामा चिनियाँ दुई टिम सहित १ सय ५ जना धावकले प्रतिस्पर्धा गर्ने छन् । यस अघि यस्तो प्रतियोगिता चीनको कुनमिङ शहरमा आयोजना हुदै आएको थियो । प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना गरिएको हो ।
नेपालमा पहिलो पटक प्रतियोगिताको आयोजना गरिएकाले राम्रो व्यवस्थापन गर्न सके आगामी वर्षबाट प्रतियोगिता नेपालमा सञ्चालन हुने छन् ।चीनियाँ व्यापारीक प्रतिष्ठानको सहकार्यमा हुने यस प्रतियोगिताले पोखराको पर्यटनमा महत्वपूर्ण भुमिका खेल्ने आयोजकले बिश्वास लिएको छ । प्रतियोगिताको आयोजना पश्चिमाञ्चल होटल संघ र पोखरा उद्योग वाणिज्य संघले गरेका हुन् ।
वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको माउण्टेनरिङ्ग एक्सप्लोरेसन एशोसियन कुनमिङको आयोजना तथा पोखरा र कुनमिङ महानगरपालिकाको संरक्षकत्व चीनिया पर्यटक प्रवद्र्धन गर्ने उदेस्यले यस प्रतियोगिताको आयोजना गरिएको संयोजक पालिखेले बताए।
पोखरा महानगरपालिका र चीनियाँ शहर कुनमिङ बीच यस अघि भगिनी सम्बन्ध कायम गरिएको थियो । दुइ सहर बीच भएको भगिनी सम्वन्धलाई प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

Related