पोखराबाट ५ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा– ६, लेकसाइडस्थित होटल गुडविलबाट ५ जना जुवाडेलाई पक्राउ गरेको हो ।
होटलमा अवैध रूपमा जुवातास खेलिरहेको अवस्थामा ३ बुक तास र नगद ३३ हजार ८ सय १० रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।
पक्राउ पर्नेमा पोखरा– ५ का सत्यनारायण मण्डल, पोखरा– ६ का मदन केसी, टीकाराम सापकोटा, पोखरा– ८ का दीपक श्रेष्ठ र पोखरा– ४ बस्ने तोपबहादुर थापा रहेका छन् ।
पक्राउ परेकाहरूउपर जुवातास मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Related