• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाली मुलका बर्मेली र नेपालमा रहेका आफ्न्तबीच सामाजिक सञ्जालले गरोयो भेट

  •      /२ कार्तिक २०७६, शनिबार १५:२८ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    समयले मान्छेलाइ कहांँ पुर्याउंँछ कसले जानेको छ र तर जहां पुगेपनि आफ्नो देश परिवारको माया मन भित्र छपक्कै हुंदो रहेछ ।

    हो हामिले आज एउटा यस्तो परिवारको कथालाइ जोड्न खोजेका छौं जुन परिवारको तेश्रो पुस्ताको जीवन वर्मामा वित्दै छ तर नेपालमा रहेका आफन्तहरुको मायाले तानेर आफन्त भेट्न पहिलो पटक नेपाल आएको छ ।

    कास्कीको निर्मलपोखरीवाट वर्मा पुगेको यो परिवारको अघिल्लो पुस्ता त नेपालनै आएन तर दोश्रो र तेश्रो पुस्ता भने आफन्त खोज्दै नेपाल आयो र यो दशैं पनि यहिं मनायो ।

    नौ महिना अगाडी फेसबुकवाट आफ्ना आफन्तहरु नेपालको पोखरा लमजुंग तिर छन भन्ने थाहापाए पछि उनिहरुको सम्पर्क भयो र यसपटक नेपाल आउने मेसो मिलेको उनिहरुको भनाइ छ।

    आफन्त संगको भेटले आंंसु थाम्न नसकेको यो परिवार संगै नेपालमा रहेका आफन्त पनि भाव विह्विल देखिन्थे ।एक महिनाको भिसामा नेपाल आएको यो परिवारलाइ नेपाल छाडेर जानै मन लाग्दैन ।नेपालमा आफन्त भेटेपछि उनिहरुको मन फेरिएको सुक वहादुर भट्ट्टले वताए ।

    यतिवेला यो परिवारका सात जनाको टोलि पोखरा महानगर पालिकाको वडा नं १९को तल्लकोटमा आफन्त राज कुमारी केसीको घरमा छ ।उनि यो परिवारकी काका की छोरी हुन ।लामो समय पछि आफन्त वर्मा वाट आउंदा उनमा हर्ष पनि छ र यसरि अकस्मात भेट भइरहंदा माया यति वढेको छ की भेटे पछि आंसु नथामिएको पोखरा तल्लाकोटकी राजकुमारी केसिले भनिन।

    यो परिवार म्यानमार वर्माको राजधानी यांगुन भन्दा करिव २ दिन लाग्ने म्याहान ,लासु तथा मागु शहरमा वस्दै आएको छ । वर्मामा लाखौं नेपाली मुलका वासिन्दाहरुको वसोवास छ ।गाइ पाल्ने ब्यपार गर्ने सरकारी जागिरमा समेत नेपाल हरु रहेको उनिहरुले वताए ।

    वर्मेली जनता संग एककार हुंदै घर जम गरिरहेका उनिहरुलाइ नेपाल आउंदा भने कता कता यहिं वस्न पाए हुन्थ्यो भन्ने अदृष्य रुपमा नेपालको माया लागेको छ। नेपाल आफनो माइती देश देख्न आएकी कुन्ता देवि अधिकारीको भनिन तर परिवार उतै छन के गर्नु।

    वर्मामा नेपालीहरुको इतिहास करिव एक सय वर्ष पुरानो छ नाव्डामा व्रिटीस सरकारले सुन कम्पनी खोले पछि रोजगारीका लागि त्यता लागेका नेपालीहरु केहि फर्केको तर धेरै जसो त्याहिं मात्र वसेनन वर्माको विकास र समृद्धिमा आफुलाइ समाहित गरे ।अहिले पनि लाखौं नेपालीहरु वर्मा तिर हराएका छन ।

    आफ्ना हराएका आफन्तहरुलाइ नेपालमा रहेका आफन्तहरुले पर्खि रहेका छन यहि प्यास वर्मामा रहेका नेपालीहरुको पनि छ भन्ने कुरा यसरि आफन्त खोज्दै आएको यो परिवारले पुष्टी गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.