• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ग्यास्ट्रिक के कारणले हुन्छ, कसरी बच्न सकिन्छ

  •      /२८ फाल्गुन २०७४, सोमबार ०८:३२ ,  प्रकाशीत
  • ग्यास्ट्रिक आफैमा रोग नभएर बिभिन्न रोगहरुको लक्षण हो । पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु नखुल्ने, दिसा नियमित रुपमा नहुने समस्यालाई ग्याष्टिक भनेर बुझिन्छ । तर मेडिकल भाषामा ग्याष्टिक भनेर ग्यास्ट्राइटिसलाई भनिन्छ ।

    ग्यास्ट्राइटिस भनेको आमासय भित्र एउटा कडा प्रकारको अम्ल उत्पादन हुने समस्या हो । पेटमा उत्पादन हुने हाइड्रोक्लोरीक एसीड (एच सी एल) १ दशमलव ५ हुन्छ । त्यसको उत्पादन बढी भयो भने पेटको माथिल्लो भागमा जलन हुने र मुखमा अमिलो पानी आउने हुन्छ ।

    ग्याष्टिक बिभिन्न कारणले हुन्छ । खानपान नियमित नहुनु, अत्याधिक चिल्लो, मसलेदार खाना, लामो समयसम्म पेट खाली हुने, पानी कम पिउनाले उत्पन्न हुन्छ । यसको अर्को कारण भनेको धुम्रपान तथा मद्यपान गर्नु हो । बढी मोटो व्यक्तिमा पनि ग्याष्टिक देखिन सक्छ । त्यस्तै मानसिक चिन्ता लिने व्यक्तिलाई पनि ग्याष्टिक बढी मात्रामा देखिन्छ । यी बाहेक कहिले काँही पेटभित्र अल्सर, क्यान्सर, पित्त थैलीमा पत्थरीका भएमा पनि ग्यासटाइटिस हुनसक्छ । केहि समुहका औषधिको सेवनले पनि अत्याधिक ग्याष्टिक हुने हुन्छ ।

    रगत, दिसा, पिसाब जाँचेर ग्याष्टिक भए नभएको पत्ता लाग्दैन । तर पेट भित्र ठूलो रोग छ कि भनेर इन्डोस्कोपी भने गर्नुपर्छ । यसबाट अम्लका कारण पेटमा घाँउ भएको छ या छैन हेर्न सकिन्छ । ग्याष्टिक भएको व्यक्तिले खानपानलाई व्यवस्थित गर्नु पर्ने हुन्छ । खानामा धेरै मसला भएको, चिल्लो, पिरो, अमिलो कम मात्रामा खाने गर्नुपर्छ । खाना खाने समय नियमित गर्नु पर्छ । धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारिरीक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने गरेमा ग्याष्टिक कम गर्न सकिन्छ ।

    ग्याष्टिक सामान्य रुपमा आफैमा खासै जटिल हुदैन । तर कहिले कम र कहिले बढेर जाने हुन्छ । यसले मानसिक तनावमा भने अवश्य राख्छ । यदि आमासयमा अल्सर भएर ग्याष्टिक भएको हो भने क्यान्सरको रुप पनि लिन सक्छ । कहिलेकाँही मुखबाट रगत आउने र दिसा कालो हुने हुन्छ ।

    यदि अल्सर नै भैसकेको रहेछ भने ट्रिपल थेरापी गर्नुपर्छ । यदि घाँउ छ भने औषधिको प्रयोग गर्नुपर्छ । कहिलेकाँही पित्त थैलिमा पत्थरी भयो भने पनि ग्याष्टिक जस्तो समस्या देखा पर्नसक्छ । यदि यस्तो अवस्था उत्पन्न भयो भने पित्त थैलिको पत्थरीको अप्रेसर नगरी यसको समस्या कम हुदैन । हायटस हर्नियामा आमाशय फर्केर खाने नली माथि सरेर गएको छ भने पनि अप्रेसन नै गर्नु पर्ने हुन्छ ।

    agency

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.