उपनिर्वाचनमा कास्की कांग्रेसमा रस्साकस्सी शुरु, उमेदवारका १६ आकांक्षीकै नाम केन्द्रमा सिफारिस,
" क्षेत्रीय समितिले पटकपटक प्रयास गरे पनि सहमति नजुटेपछि सबै आकांक्षीको नामावली केन्द्रमा "
तपाईको प्रतिक्रिया





नेपाली कांग्रेस कास्कीले कास्की–२ को आशन्न उपनिर्वाचनका लागि आकांक्षी देखिएका सबै जनालाई केन्द्रमा सिफारिस गरिदिएको छ । कास्की–२ मा चुनाव लड्न १६ जनाले चाहना गरेका थिए ।
आकांक्षी मिलाउन क्षेत्रीय समितिले पटकपटक प्रयास गरे पनि सहमति नजुटेपछि सबै आकांक्षीको नामावली जिल्लामा पठाएको थियो ।स्रोतका अनुसार क्षेत्रीय समितिले आकांक्षीमध्येका १ देवराज चालिसेलाई मात्र सिरफारिस गर्न केही व्यक्तिको हस्ताक्षरसहितको निवेदन पनि जिल्ला कार्यसमितिमा पठाएको थियो ।
क्षेत्रीय समितिको सिफारिसलाई केही धारणा राख्ने बाहेक तोडमोड गर्ने अधिकार जिल्ला समितिलाई छैन ।सोही बमोजिम क्षेत्रीय समितिको सिफारिसलाई नै जस्ताको तस्तै दुवै सिफारिसलाई केन्द्रमा पठाउने निर्णय भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ ।
यसअघि उम्मेदवारका लागि चाहना गरेका सबै आकांक्षीले आफूहरूको नाम सबै केन्द्रमा पठाउन आग्रह गर्दै क्षेत्रीय समितिमा निवेदन दिएका थिए ।अब कास्की–२ मा कसलाई उम्मेदवार बनाउने भन्ने जिम्मेवारी केन्द्रीय समितिलाई रहेको छ । केन्द्रीय समितिको निर्णय आफूहरुले स्वीकार गर्ने आकांक्षीहरूले स्पष्ट पारेका छन् ।
उम्मेदवारका आकांक्षीहरूले पार्टीभित्र एकता हुन नसके गम्भीर पिडा हुने भन्दै ध्यानाकर्षण गराएका थिए । साथै उम्मेदवार छनोटका लागि चुनावी प्रक्रिया नअपनाउन समेत ध्यानाकर्षण गराएका थिए ।
‘वर्तमान अवस्थामा गणितीय संख्याका आधारमा उम्मेदवा छनोट प्रक्रिया अपनाउँदा साथीहरूबीच विभाजन हुने, चरम असन्तुष्टि बढ्ने र निर्वाचनलाई गम्भीर असर पर्ने हुँदा पार्टीको हितका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी हासिल गराउने वातावरण निर्माण गर्न पार्टीको क्षेत्रीय समितिले गम्भीर भएर सोच्नेछ भन्ने हाम्रो विश्वास छ’, ११ जनाले बुझाएको पत्रमा भनिएको थियो ।
उनीहरूले १६ जनाकै नाम केन्द्रमा सिफारिस गर्न समेत आग्रह गर्दै केन्द्रले १६ जना आकांक्षीमध्ये जसलाई उम्मेदवार बनाए पनि पार्टीको आधिकारिक हुने भएकाले उक्त उम्मेदवारलाई जिताउने कुरामा प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।
निवेदनमा हस्ताक्षर गर्नेमा खेमराज पौडेल, शोभियतबहादुर अधिकारी, लक्ष्मी पाण्डे, ऋषि काफ्ले, वीरेन्द्र नारायण विजुक्छे, गुरुप्रसाद बराल, विमला भण्डारी, खेमकुमारी बराल, महादेव गुरुङ, कृष्ण कार्की र निर्मलप्रसाद कर्माचार्य रहेका थिए ।
कास्की २ मा देवराज चालिसे, ऋषि काफ्ले, सोभियतबहादुर अधिकारी, वीरेन्द्रनारायण बिजुक्छे, लक्ष्मी पाण्डे, विजय आचार्य, माधव प्रसाद बाँस्तोला मधु आकांक्षी देखिएका छन् ।
यसैगरी कृष्ण कार्की, गुरु बराल, खेमराज पौडेल, निर्मल कर्माचार्य, महादेव गुरुङ, रंगीला आचार्य, खेमकुमारी बराल, केशवप्रसाद निर्दोषी र बिमला भण्डारीले पनि कास्की २ मा चुनाव लड्न चाहना गरेका छन् । चुनावका लागि आकांक्षी धेरै भएपछि पार्टी भित्र र बाहिर आलोचना समेत भएको छ ।
mass
Related