• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा जिल्लाको निर्णय प्रदेशले उल्ट्यायो ; विद्यासँगै प्यासी र राजकाजी पनि सिफारिस

"कम्युनिष्टमा राजनैतिक बेइमानी चल्न थाल्यो "
  •    शुभेच्छा न्यूज संवाददाता  /१३ कार्तिक २०७६, बुधबार १५:१५ ,  प्रकाशीत
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीले कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

    यसअघि कास्की जिल्ला कमिटीले तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको नाम सिफारिस गरेको थियो । प्रदेश कमिटीको तिहारअघिको बैठकले विद्यासँगै पुराना नेता सोमनाथ अधिकारी प्यासी र जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण’ समेतको गरी ३ जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको हो ।

    गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पार्टी इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उम्मेदवारका लागि ३ जनाकै नाम पठाउनुपर्ने भएकाले भट्टराई, अधिकारी र गुरुङको नाम सिफारिस गरेको जानकारी अन्नपूर्णलाई दिए। केन्द्रले ३ जनाको नाम मागेकोमा जिल्लामा त्यसो गर्न नसकेको उनले जनाए ।

    जिल्ला कमिटीको ८ गतेको बैठकले नाम सिफारिस गरेको भोलिपल्टै प्रदेश कमिटीको बैठक बसेको थियो । कास्की २ मा मंसिर १४ गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

    साझा पार्टीले उक्त चुनावका लागि उम्मेदवार सार्वजनिक गरिसकेको छ । कास्की कांग्रेसले १६ जनाको नाम उम्मेदवारका लागि पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.