• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा – मुग्लिन सडक खण्ड स्तरोन्नतीका लागि एडिबीद्वारा ऋण स्वीकृत

  •      /१४ कार्तिक २०७६, बिहीबार ०६:१६ ,  प्रकाशीत
  • एसियाली विकास बैंक (एडिबीले) मुग्लिन–पोखरा सडक स्तरोन्नती गर्न ऋण सहयोग स्वीकृत गरेको छ। उक्त सडकको स्तरोन्नतीका लागि एडिबीले २२ अर्ब ऋण स्वीकृत गरेको हो।

    एडिबीका अनुसार मुग्लिन र पोखरालाई जोड्ने महत्वपूर्ण सडकको स्तरोन्नतीका लागि १९ करोड ५० लाख अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँ) ऋण स्वीकृत भएको छ।

    भुपरिवेष्टित राष्ट्र नेपालमा ९० प्रतिशत सामान तथा यात्रु सडकको माध्यमबाट ओसारपसार र आवतजावत गर्ने गरेका छन्। यस्तो अवस्थामा नेपालको सडक स्तरीय हुनुपर्छ।

    मुग्लिन–पोखरा सडक परियोजना अन्तर्गत पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमटिर सडक ४ लेनमा स्तरोन्नी गरिने छ। उक्त सडकमा दुर्घटनमा रोक्न बार, वार्निङ लाइट सिस्टम समेत जडान गरिनेछ। आबुखैरेनीदेखि मुग्लिनसम्मको ८ किलोमिटर सडकलाई सहायक परियोजनाका रुपमा विस्तार गरिने एडिबीले जनाएको छ।

    सो परियोजना ५ वर्ष भित्र सक्ने लक्ष्य लिइएको छ। मुग्लिन पोखरा सडक स्तरोन्नतीका लागि २५४ मिलियन डलर लाग्ने अनुमान गरिएको छ। त्यसमध्ये १९५ मिलियन एडिबीले ऋणी सहयोग गर्ने छ भने नेपाल सरकारले ५९ मिलियन डलर लगानी गर्नेछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.