बसको ठक्करबाट कैलालीमा दुई बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका–१ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरी रहेका छन् ।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसले साझा चौक नजिकै साइकलमा सवार अंशु र लक्ष्मणलाई बिहीबार साँझ ५ बजेतिर ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्ष कुमार बस्नेतले जानकारी दिए ।

Related