पोखरा, २९ फागुन । युएस बंगला एयरलाइन्सको सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि पोखराका एक जनाको ज्यान गएको छ । विमान दुर्घटनामा पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका सञ्जय पौडेलको मृत्यु भएको हो ।
बंगलादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलबाट एमविविएसको अध्यायन सकेर नेपाल फर्किदै गरेका पौडेलको विमान दुर्घटनामा परी मृत्यु भएको हो । सञ्जयलाई लिन उनका बाबु काठमाडौ विमानस्थलमा पुगेका थिए ।
सञ्जय परिवारका एक मात्र छोरा हुन् । माछापुच्छे गाउँपालिका ६ धिताल स्थाई घर भएका उनका बाबु दामोदर पौडेल लामो समय देखि पोखराको लेकसाइडमा व्यवसाय गर्दै आएका छन् । सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए भने सगरमाथा उच्च माविबाट बिज्ञान संकायको अध्यायन पुरागरी ५ बर्ष पहिले एमबिबिएस अध्यायनको लागि बंगालादेश गएका थिए।

तस्बीर उनको फेसबुक वालबाट
Related