• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा विमानस्थलमा स्याल आतंक, धपाउँदै बित्छ कर्मचारीको दैनिकी

  •    नरहरि पौड्याल  /१७ कार्तिक २०७६, आईतवार ०३:१४ ,  प्रकाशीत
  • पोखरा विमानस्थल केही दिनदेखि स्यालको क्रिडास्थल बनेको छ । विमानस्थलको धावनमार्गमै स्याल दौडिन थालेपछि कर्मचारीसमेत हैरान भएका छन् ।

    विमानस्थल क्षेत्रमा केही समयदेखि स्याल दौडिन थालेपछि जहाज उडानमा समस्या भएको छ । कात्तिक लागेपछि धावन मार्गमै स्याल दौडिँदा जोखिम बढेको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले बताए ।

    ‘कुकुर तथा स्यालको गतिविधि अलि बढि हुने महीना भएकोले पनि यो सिजनमा विमानस्थलमा उडानमै समस्या भइरहेको छ,’ उनले भने ।

    दुर्घटना नहोस् भनेर नियमित स्याल धपाउनुपरेको उनी बताउँछन् । विमानस्थल प्रमुख गुरागाईंले स्यालका कारण पोखरा विमानस्थलमा कुनै उडान अवरुद्ध भने नभएको बताए ।

    ‘स्यालका कारण कुनै उडान अबरुद्ध भएको छैन,’ उनले भने, ‘तर सम्भावित दुर्घटनालाई दृष्टिगत गर्दै सुरक्षा सतर्कता भने अपनाइएको छ ।’ विमानस्थलमा स्याललगायतका जंगली जनावर धपाउन छ जना कर्मचारी खटाइएको उनले बताए ।

    ‘स्याल र अन्य जंगली जनावर समाउनका लागि वन कार्यालयसँग समेत समन्वय गरिरहेका छौं,’ उनले भने । नजिकै सेती नदीको खाेंच रहेका कारण वर्षेनी कार्तिक मंसिर महीनामा स्याल विमानस्थलसम्म आउने गरेको उनले बताए ।

    त्यसो त धावनमार्ग नजिकै झाडी रहेका कारण पनि घाम ताप्नका लागि स्याले धावनमार्गमा आउने गरेका छन् । विमानस्थलको धावनमार्गमा बिहानीपख आधादर्जन भन्दा धेरै स्यालको बथान देखिने गरेका छन् ।

    पोखरा विमानस्थलबाट काठमाडौं, भरतपुर, जोमसोम, मनाङलगायतका गन्तव्यमा गरी दैनिक ३० उडान हुने गरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.